श्रावण ४, २०८२ आइतबार July 20, 2025

चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध मुद्दा दर्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपालगञ्जस्थित भेरी अस्पतालमा काममा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय बाँकेले ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ उरहरी निवासी ५४ वर्षीय डिल्लीबहादुर रावतको उपचारको क्रममा गत बिहीवार रातीे मृत्यु भएपछि उनका भाइ मानबहादुर रावत र छोराहरू भरत रावत र लोकराज रावत लगायतको समूहले उपचारमा खटिएका डाक्टर तथा नर्समाथि आक्रमण गरेको थियो ।

बिहीबार राती नै प्रहरी नियन्त्रणमा रहेका मृतकका भाइ मानबहादुर रावत र छोराहरू भरत रावत र लोकराज रावतलाई शुक्रवार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए ।

कोरोना संक्रमित विरामीको मृत्यु भएपछि उनीहरुले उपचारमा रहेका डाक्टर र नर्सको घाटी अठ्याउनुका साथै लखेटी लखेटी आक्रमण गरेका थिए। घटनापछि शुक्रवार दिनभर भेरीमा डाक्टर र नर्स आन्दोलनमा उत्रिएका थिए ।

आक्रमणकारीलाई मुद्दा दर्ता, अस्पतालमा सुरक्षा व्यवस्था मजबुत गराउने निर्णयपछि आन्दोलन रोकिएको छ। घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शंकर विष्टको संयोजकत्वमा समिति गठन भएको भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिए । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
धार्मिक पर्यटकको गन्तव्य बन्दै सन्तानेश्वर मन्दिर
२०८२ श्रावण ३, शनिबार
कर्णाली यसभिएसको ब्राण्ड एम्बेसडरमा अभिनेता राजेश हमाल अनुबन्धित
२०८२ श्रावण ३, शनिबार
काठमाडौं महानगरपालिकाद्वारा संस्थागत विद्यालयमा छात्रवृत्ति प्रवेश परीक्षा सम्पन्न
२०८२ श्रावण ३, शनिबार
छाउपडी प्रथाविरुद्ध जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्न प्रदेश सरकारको निर्देशन
२०८२ श्रावण ३, शनिबार
खगोल विज्ञानसँग सम्बन्धित शिक्षाको प्रचारप्रसारका लागि प्रशिक्षण
२०८२ श्रावण ३, शनिबार
सशस्त्र प्रहरीको सक्रियतामा छ करोडभन्दा बढी मूल्यका सामान बरामद
२०८२ श्रावण ३, शनिबार
पोखरा-मुग्लिन सडकको पश्चिम खण्डमा ११ पुल बने, दुई निर्माणाधीन
२०८२ श्रावण ३, शनिबार