श्रावण ३०, २०८३ शनिबार August 15, 2026

सुदूरपश्चिम प्रदेशसभामा तटस्थ बस्ने काँग्रेस संसदिय दलको निर्णयः एमालेको माधव समुहले भट्टलाई मत दिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः नेपाली कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेशसभामा तटस्थ बस्ने निर्णय गरेको छ । नेकपा माओबादी केन्द्रका तर्फबाट मुख्यमन्त्रीका प्रत्यासी त्रिलोचन भट्टलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा मंगलबार बिहान भएको छलफलमा तटस्थ बस्ने निर्णय गरेको हो ।

यसैबीच सत्तारुढ नेकपा एमालेको माधवकुमार नेपाल समुहले सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने भएपछि कांग्रेसले तटस्थ बस्ने नयाँ रणनिती अघि सारेको छ ।

मुख्यमन्त्री भट्टले नेपाल पक्षको मत पाएर बहुमत पुग्यो र विश्वासको मत लिन सफल भए आफूहरु तटस्थ बस्ने नेपाली कांग्रेसका सचेतक टेकबहादुर रैताले जानकारी दिए । ‘माधव नेपाल पक्षले विश्वासको मत दिने भनेको छ’, उनले भने, ‘यदि बहुमत पुग्यो भने हामी तटस्थ बस्छौं ।’

यस्तै, मुख्मन्त्री भट्टले विश्वासको मत लिन नसक्ने अवस्था देखिएमा मात्र मत दिने पनि उनले बताए । माधवकुमार नेपाल पक्षले मुख्यमन्त्री भट्टलाई विश्वासको मत दिने एमाले संसदीय दलले निर्णय गरेकाे छ ।

यसैगरिओली पक्षका ७ जनाले भने विश्वासको मत दिन सहमत जनाएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार