श्रावण ५, २०८२ सोमबार July 21, 2025

३७ सय ५० जना कोरोना संक्रमित थपिदाः ५२ सय २५ जना कोरोना संक्रमण मुक्त

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार २ सय २५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् ।

त्यस्तै थप ३ हजार ७ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै शुक्रबार देशभर ६७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ३ सय ५ पुगेको छ । २४ घण्टामा देशभर ९ हजार ५ सय ९८ पीसीआर तथा ५ हजार ५ सय ८४ एन्टिजेन परीक्षण भएको छ ।

देशभर ७५ हजार २७५ सक्रिय संक्रमित रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया