कार्तिक १६, २०८३ सोमबार November 2, 2026

छोरा जन्माउने चाइनिज सुत्र यस्ताे छ १०० % काम गर्ने प्रविधि

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः गर्भवती समाजमा छोरा या छोरी नजन्मिएकै कारण कैयौ परिवारमा द्वन्द्व हुने गर्दछन् । यसकै कारण कयै महिलाले मानसिक र शारिरीक यातना भोगिरहेका घट्नाहरु छन् । कतिपय महिलाले यसैको कारण सौता त कतिपयले सम्बन्ध विच्छेद गर्नुपरेका घटनाहरु भेटिन्छन् ।

कोही भने सन्तान प्राप्तीका लागि भएभरका अस्पताल, बैद्य, मठ–मन्दिर र तीर्थस्थलमा पुगेर सास्ती बेहोरिरहनु भएको त छैन ? यदि त्यसो हो भने छोड्नु होस्, ती सबैखाले प्रयास । चिनियाँ बैज्ञानिकहरुले लामो समय र अनुसंधानपछि पत्ता लगाईएको यो प्रविधि ९९.९ प्रतिशत सफल भएको छ ।

तपाई पनि ढुक्कका साथ यो प्रविधि अपनाउनु होस् । इच्छा र चाहाना तपाईको छोरा या छोरी पाउने जिम्मा श्रीमतिको ।

शुरुमा, चाइनीज विशेषज्ञद्धारा आविष्कार गरिएको यो प्रविधिमा धेरैले शंका गरेका थिए । तपाईंलाई पनि त्यस्तै लाग्न सक्छ । चाइनीज बैज्ञानिकको यो आविष्कार सन्दर्भमा दुविधा भएमा यो क्यालेण्डरलाई यसअघि जन्मिएको तपाईको छोरा–छोरीसँग समिक्षा गर्नसक्नु हुनेछ । त्यसका लागि तपाईको श्रीमती गर्भ रहँदाको उमेर र महिना एकिन हुनु पर्दछ । तपाईको छोरा या छोरी गर्भ रहँदाको अवस्थामा श्रीमतिको उमेर कति थियो ?

कुन महिनामा श्रीमतिले गभर्धरण गरको हो ? अनि यो चार्ट हेर्नुस ठ्याक्कै मिल्ने छ । छोरी नै छोरीले भरिएका कैयौं परिवारले यो प्रविधि अपनाएर यतिखेर हाँसीखुशीका साथ जीबन बिताइरहेका छन् । तपाई पनि यो प्रविधि अपनाउनोस्, सुखी र खुशीका साथ जिउनोस् ।

सिन्धुपाल्चोकको चौतारा बजारका धेरै जनाले चीनमा आविष्कार गरिएको लिंग निर्धारण क्यालेण्डरकै विधि र प्रकृया अपनाएर इच्छा बमोजिमको सन्तान जन्माई सकेका छन् । आफ्नो इच्छा बमोजिमका सन्तान जन्माउन सफल भएका छन् । चौतारा–४ की राज्यलक्ष्मी श्रेष्ठको परिवारमा लगातार चारवटी छोरीे जन्मेपछि छोराको आस नै मरिसकेको थिए । यो प्रविधि अपनाएपछि मनले चिताएको पूरा भएको राज्यलक्ष्मी श्रेष्ठ बताउँछिन् ।

चाइनीज बैज्ञानिकको यो प्रविधि सत् प्रतिशत मिलेको बताउँदै आफूले करिब दुईसय जनालाई सल्लाह दिएकोमा धेरै जनाबाट धन्यवाद पाएको र कतैबाट गुनासो नआएको राज्यलक्ष्मी बताउँछिन् । छोरा पाउने अभिलाषाका साथ लिंग निर्धारण चिनिया क्यालेण्डरको अनुशरण गरेपछि यतिखेर चाहेकै सन्तान प्राप्त भएकोमा एकदम खुशी छन्, चौतारास्थित जुगल फोटो स्टूडियोका कृष्ण श्रेष्ठ । उहाँको परिवार यतिखेर छोरा र छोरीसँग रम्दै आइरहेका छन् । हिजोआज उहाँ यो क्यालेण्डरमा पुरै विश्वास गर्नुहुन्छ ।

सदरमुकाम चौतारास्थित सुवेदी हार्डवेयर सेन्टरका प्रोपाईटर चन्द्र सुवेदी ३ वटी छोरीपछि छोरा पाउन सफल भएका छन् । छोराको आशमा छोरी नै छोरी भएको र चाइनीज विशेषज्ञले आविष्कार गरेको क्यालेण्डरकै विधि अपनाएर उहाँको परिवारमा छोराको जन्म भएको सुवेदी बताउँछन् । चाइनीज विधि अत्यन्तै व्यवहारिक र सत् प्रतिशत सफल भएको उहाँको भनाई छ । चाइनीज विशेषज्ञले आविष्कार गरिएको यो क्यालेण्डर वेभ साईटमा पनि राखिएको छ ।

गुगलमा गई सर्च बक्समा Chinese Calender for Boy Or Girl वा Sex Determination टाईप गरी उक्त कुराको जानकारी लिन सकिन्छ । चाइनीज विशेषज्ञको यो आविष्कारको बारेमा अहिलेसम्म ६०–७० जनालाई यो सल्लाह दिएको र हालसम्म कुनै किसिमको गुनासो नआएको डिभिजन खानेपानी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत द्वारिकाबहादुर तामाङ बताउँछन् । चार्टको माथिल्लो तेर्सो हरफमा महिलाको उमेर दिएको छ । बायाँतर्फको ठाडो हरफमा महिना दिएको छ ।

उदाहरणको लागि तपाईको श्रीमति १८ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघमा गर्भ रहेमा छोरा, फागुनमा रहेमा छोरी र चैत्रदेखि मंसिर महिना सम्ममा गर्भ रहेमा छोरा हुनेछ । त्यस्तै तपाईको श्रीमति २२ वर्षको छ भने पुस महिनामा गर्भ रहेमा छोरी, माघ र फागुन महिनामा गर्भ रहेमा छोरा, चैत्रमा गर्भ रहेमा छोरी, बैशाखमा रहेमा छोरा हुनेछ ।

यसका लागि तपाईको श्रीमतिको उमेर वास्तविकमा आधारित हुनुपर्नेछ । उमेरमा तलमाथि परेमा तपाईको योजना विफल हुनेछ । तसर्थ, आफ्नो श्रीमतिको उमेर किटान गरेर मात्र छोरा या छोरी जन्माउने निधो गर्नोस् । -एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार