काठमाण्डौं: नेपालमा आइतबार थप २ हजार ४ सय ७ जनामा कोरोना पुष्टि भएको छ ।
देशभर गरिएको ७ हजार ५१७ पिसिआर परिक्षण र ४ हजार ८८९ एन्टीजेन परिक्षणका क्रममा २ हजार ४ सय ७ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख २८ हजार ९४२ पुगेको छ ।
त्यस्तै कोरोनाका कारण थप ४६ जनाको मृत्यु भएको छ भने हालसम्म ८ हजार ४१२ जनाको कोरोनाका कारण मृत्यु भएको छ । यस्तै थप ३ हजार ९ सय ९४ संक्रमित निको भएका छन् । योसँगै नेपालमा ५ लाख ३१ हजार १०५ जना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म ३२ लाख १४ हजार ७२५ वटा नमुनाको पीसीआर र १ लाख ७ हजार ८२९ वटा नमुनाको एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया