काठमाण्डौंः लोकप्रिय गायक विष्णु खत्रीको सालैजो गीत ‘सँगैका साथी’ सार्वजनिक भएको छ । कोरोना भयावह र लकडाउनकै बिच आइतबार दिउँसो सार्वजनिक भएको गीतले युट्युबमा राम्रो भ्युज बटुल्ने अपेक्षा गरिएको छ ।
खत्रीको मौलिक सालैजो ‘सँगैका साथी’ सोमबार साँझ आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरेका हुन् ।
विष्णु खत्री युटु्यब च्यानलबाट बजारमा ल्याइएको गीतमा गायक खत्री र जुना श्रीष मगरले स्वर दिनुभएको छ । लय, शब्द खत्री आफैँले गर्नुभएको छ । गीतको भिडियोमा गायक खत्रीसँगै लोमश शर्मा, रुविना अधिकारी, सारिका केसी लगायतको अभिनय छ ।
सालैजो गीत भएकाले भिडियोमा धेरैलाई देखाइएको छ । कृष्ण विकको सङ्गीत संयोजन रहेको गीतलाई मारुनी डिजिटलमा रेकर्ड गरिएको हो । भिडियो निर्देशन होम गरुङले गर्नुभएको हो ।
गायकले भिडियोलाई आफ्नै जन्मस्थल बाग्लुङ गलकोटमा छायाङ्कन गरिएको बताउनुभयो । उहाँले लकडाउनको समयलाई उपयोग गर्दै मौलिक लोकगीत बजारमा ल्याएको जनाउँदै गीतलाई दर्शक श्रोताले रुचाउनेमा आफू आशावादी भएको बताउनुभयो ।
भिडियोमा हेर्नुहोसः
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया