श्रावण २३, २०८३ शनिबार August 8, 2026

सर्वोच्च अदालतका कर्मचारीले लिए घुस

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतका नायब सुब्बा सुधीरकुमार खड्काविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार खड्काविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अन्तरगत आरोप–पत्र दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीप कोइरालाका अनुसार खड्काले देवजंग शाहीलाई धरौटीमा छुटाइदिने भनेर २ लाख ५० हजार रुपैयाँ मागेका थिए । विशेष अदालत, काठमाडौंको कैफियत प्रतिवेदनका आधारमा शाही पुर्पक्षका लागि डिल्लीबजार कारागार चलान गरिएका थिए ।

त्यसविरुद्ध सर्वोच्चमा दर्ता निवेदनको विषयलाई लिएर मुद्दालाई सहज बनाउने, पेशी छिटो राखिदिने र धुरौटीमा छुटाइदिने खड्काको आश्वसन थियो । कोइरालाका अनुसार उनले माग गरिएको रकममा ५० हजार रुपैयाँ छुट गरिदिने पनि भनेका थिए ।

आयोगका अनुसार खड्काले उजुरीकर्ताका दाजु विपक्षी भएको विचाराधीन मुद्दामा मिसिल कागजातको प्रतिलिपि उपलब्ध गराउने भनेर पनि दुई पटक गरेर ९ हजार रुपैयाँ लिएका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
ग्यासको कालोबजारी गर्ने पक्राउ
२०८३ श्रावण २३, शनिबार
१५औँ महाधिवेशन तोकिएकै समयमा हुने महामन्त्री पौडेलको दाबी
२०८३ श्रावण २३, शनिबार
सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडक निर्माणले गति लिन्छ : मन्त्री लम्साल
२०८३ श्रावण २३, शनिबार
समृद्धिका लागि अनुसन्धान, नवप्रर्वतन र आविस्कारलाई प्राथमिकता दिएको हो : मन्त्री पुन
२०८३ श्रावण २३, शनिबार
संविधान संशोधन र संघीयता सुदृढीकरणको एजेन्डासहित आठ दलले बनाए ‘अग्रगामी मोर्चा’
२०८३ श्रावण २३, शनिबार
इरान–ओमान वार्तापछि स्ट्रेट अफ होर्मुज खुल्ने अमेरिकी अपेक्षा : रिपोर्ट
२०८३ श्रावण २३, शनिबार
संयुक्त राष्ट्रसङ्घद्वारा यमनमा जारी हुथी आक्रमणको कारण द्वन्द्वको उच्च जोखिमको चेतावनी
२०८३ श्रावण २३, शनिबार