श्रावण ३०, २०८३ शनिबार August 15, 2026

प्रदेशको नामकरण गर्दा पहिचानलाई ध्यान दिन आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः प्रदेश नं १ को बजेट माथि प्रदेशसभामा छलफल शुरु भएको छ । यही असार १ गते प्रदेश सरकारले बजेट सार्वजानिक गरेको थियो ।

प्रदेशसभा नियमावली अनुसार आर्थिक मामिला तथा योजना मन्त्री टङ्क आङ्बुहाङले आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभएको थियो ।सामान्य छलफल शुरु हुनुभन्दा आगाडि आजको बैठकमा उहाँले आवका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न रु ३२ अर्व ४६ करोड ९२ लाखको विनियोजन भएको जानकारी दिनुभयो ।

कूल विनियोजित रकम मध्ये चालु तर्फ रु १४ अर्व १६ करोड १५ लाख , पूँजीगत तर्फ रु १५ अर्व पाँच करोड ३५ लाख ,स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु ३ अर्व २२ करोड ४२ लाख तथा वित्तीय व्यवस्थातर्फ रु ३ करोड छ ।

उहाँले आबका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु ४ अर्व नौ करोड ७७ लाख, राजस्व बाँडफाँडबाट रु ९ अर्व ८१ करोड ६६ लाख, संघबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु ८ अर्व ५६ करोड ७८ लाख, सशर्त अनुदानबाट रु ५ अर्व ९६ करोड ७७ लाख, समपुरक अनुदानबाट रु १ अर्व १६ करोड ७८ लाख र विशेष अनुदानबाट रु.५९ करोड ३३ लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट जम्मा रु ३० अर्व २० करोड ७९ लाख खर्च व्यहोरिने जानकारी दिनुभयो । अपुग रकम नगद मौज्दातबाट रु २ अर्व तथा वैदेशिक अनुदानबाट रु २६ करोड १३ लाख व्यहोरिने उहाँले बताउनुभयो ।

उहाँले सरकारले नीति तथा कार्यक्रममै आधारित भएर बजेट सार्वजनिक गरिएको स्पष्ट पार्दै बजेटले लक्षित वर्ग र जनताका आकांक्षालाई सम्बोधन गर्ने जानकारी दिनुभयो ।

छलफलमा प्रदेशसभा सदस्य इन्द्रबहादुर आङ्बोले सरकारले छ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न नसक्ने र आर्थिक पुनःउत्थानमा बजेट विनियोजन नभएको गुनासो गर्नुभयो । उहाँले आर्थिक क्षेत्रलाई चलायमान बनाउन सरकारले साना तथा मझौला उद्योगलाई राहत नदिएकामा आपत्ति जनाउँदै कोभिड रोकथाम एवं नियन्त्रणका लागि पनि बजेट प्रयाप्त नभएको बताउनुभयो । पूर्व आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनुभएका उहाँले खुद्रा र टुक्रे कार्यक्रममा बढी बजेट केन्द्रीत आरोप समेत लगाउनुभयो ।

अर्का सदस्य राजेन्द्रकुमार राईले बजेटमा वित्तीय अनुशासन नदेखिएको, फजुल खर्चमा बढी ध्यान दिएको र अनुदानमा निर्भर रहेको बताउनुभयो । सदस्य लछुमण तिवारीले प्रदेशको सञ्चित कोष कमजोर रहेको र सरकार काम गर्न नसकेकोले नै अनुदान क्रमशः घट्दै गएको टिप्पणी गनुभयो । यसैगरी प्रदेशसभा सदस्य शेखरचन्द्र थापाले बजेटले जनताको आवश्यकता र प्राथमिकतालाई सम्बोधन गर्न ध्यान नदिएको बताउनुभयो ।

आजको बैठकको विशेष समयमा संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चका प्रदेशसभा सदस्य विष्णु तुम्बाहाम्फेले सरकारले प्रदेशको नामकरण गर्दा पहिचान सहितको नामकरण गर्नु पर्ने सुझाव दिनुभयो ।

यसैगरी बैठकको शून्य समयमा सदस्य इन्दिरा राईले नदीको वरपर मानव वस्तीका बसोबास रहेका हुँदा यसतर्फ सरकारको ध्यान जावोस भन्नुभयो । अर्का सदस्य कुष्णकुमारी राईले कोरोनाको बहानामा दाल, चामल र खानेतेलको मूल्य निकै वृद्धि भएकाले नियन्त्रण गर्न माग गर्नुभयो । सदस्य पूर्णप्रसाद लिम्बूले संखुवासभाको मकालु क्षेत्रमा रहेको तालमा बरुण नदी मिसिने भएकोले सम्भावित जोखिमबाट बच्न अहिले नै सतर्कता अपनाउने ध्यानाकर्षण गराउनुभयो ।

सदस्य वीणादेवी राईले धनकुटाको चौबिसेमा नवीन थापाको घरमा हालै भएको आगलागीबाट निकै ठूलो धनराशी नष्ट भएकोले उचित क्षतिपूतिको माग गर्नुभयो । प्रदेश सभाको अर्को बैठक मंगलबार दिन २ बजे बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार