भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

कृषिका ५ निकायमा पदाधिकारी माग

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले आफूमातहतका ५ निकायमा ८ पदाधिकारी माग गरेको छ । यसअघिको दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशक, दुग्ध विकास संस्थानको महाप्रबन्धक, कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडको रिक्त प्रबन्ध सञ्चालकका लागि गरिएको विज्ञापन भने रद्द गरिएको छ ।

मन्त्रालयले बिहीबार ५ निकायमा अध्यक्ष, उपाध्यक्ष तथा १ कार्यकारी निर्देशक र प्रबन्ध सञ्चालक माग गरेको हो । कृषि सामग्री कम्पनी लिमिटेडका लागि अध्यक्ष र प्रबन्ध सञ्चालक माग गरिएको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डको रिक्त उपाध्यक्ष र कार्यकारी निर्देशक पदपूर्तिका लागि पनि मन्त्रालयले प्रक्रिया सुरु गरेको छ ।

त्यस्तै, कपास विकास समिति र दुग्ध विकास संस्थानका रिक्त अध्यक्ष र महाप्रबन्धकका लागि पनि मन्त्रालयले आवेदन आहृवान गरेको छ ।

अध्यक्षको योग्यता स्नातकोत्तर उत्तीर्ण, अनुभव नचाहिने

अध्यक्ष र उपाध्यक्षका लागि शैक्षिक योग्यता स्नातकोत्तर उत्तीर्ण र उमेर ३५ वर्ष पूरा भएको हुनुपर्ने मन्त्रालयले तोकेको छ ।

संघरसंस्थानको नेतृत्वमा अनुभवी व्यक्तित्व ल्याउनुपर्ने मत बाक्लो भए पनि मन्त्रालयले अध्यक्ष र उपाध्यक्षका लागि आहृवान गरेको खुला विज्ञापनमा कुनै अनुभव तोकेको छैन ।

आफू निकटकालाई नियुक्ति दिन अनुभव नतोकिएको ठानिएको छ ।

प्रबन्ध सञ्चालक, कार्यकारी निर्देशक र महाप्रबन्धकका लागि भने कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले ५ वर्षको कार्यानुभव हुनुपर्ने तोकिएको छ । उमेर ३० देखि ६० र शैक्षिक योग्यता स्तातकोत्तर उत्तीर्ण हुनुपर्ने मन्त्रालयले जनाएको छ ।

दुग्ध र कृषि सामग्रीलगायतको अघिल्लो विज्ञापन रद्द

यसैबीच, मन्त्रालयले दुग्ध विकास संस्थान र राष्ट्रिय दुग्ध विकास बोर्डको रिक्त कार्यकारी निर्देशकका लागि आहृवान गरेको विज्ञापन रद्द गरेको छ ।

संस्थान र बोर्डको रिक्त कार्यकारी निर्देशकको अघिल्लो विज्ञापन खारेज गर्न उच्च अदालत, पाटनले आदेश दिएपछि मन्त्रालयले दुवै विज्ञापन खारेज गरेको हो ।

असंगत ढंगले विज्ञापन आहृवान गरिएको भन्दै मन्त्रालयविरुद्ध ०७४ पुस १८ मा उच्च अदालत पाटनमा उजुरी परेको थियो ।

त्यस्तै, कृषि सामग्री कम्पनी लिमिटेड र राष्ट्रिय बीउ विजन कम्पनी लिमिटेडको रिक्त प्रबन्ध सञ्चालक पदका लागि गरिएको विज्ञापन पनि खारेज भएको छ । ०७४ माघ १० मा गरिएको विज्ञापन मन्त्रालयले रद्द गरेको हो । यी दुई विज्ञापन किन खारेज गरियो भन्नेबारे भने आयोगले केही प्रष्ट्याएको छैन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार
राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग
२०८३ भाद्र ३०, मंगलबार
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार