असार २३, २०८२ सोमबार July 7, 2025

कर्णाली प्रदेशसभाको बाह्रौं बैठक पनि स्थगित – अर्को बैठक आईतबार बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको बाह्रौँ बैठक आज पनि चल्न सकेन । असार १ गते यता चारपटक स्थगित भएको सदन आज शुरु भएलगतै नेकपा (एमाले)ले अवरोध गरेको थियो ।

बैठक आरम्भ भएसँगै एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसके पनि सरकारले संसद्को गाम्भीर्यता नबुझेको बरु सरकार प्रमुख मुख्यमन्त्रीले एमालेभित्रको आन्तरिक किचलोले संसद् चल्न नसकेको भ्रम छरेको भन्दै उहाँप्रति रोष प्रकट गर्नुभयो ।

एमालेको सांसदहरूको कारण संसद् अवरुद्ध नभएको प्रष्ट्याउँदै सचेतक शाहीले भन्नुभयो, “एमालेको राजनीतिक मुद्दा संसद्मा राख्दा सरकारले सुनुवाइ गरेन । फरक परिस्थितिमा मन्त्री भएकाले सर्वोच्च अदालतले पुनर्बहाली गरिसकेपछि एमालेको दलको सदस्यको रूपमा उपस्थिति हुन गरेको निर्देशन सरकार र सदनले लागु गरेन ।”

सचेतक शाहले सरकारले स्थानीय तहमा समपूरक, समानीकरण, विशेष अनुदान घटाएको तर सशर्त अनुदान प्रदेशको पैसा भएकाले बढाएर रु एक अर्ब २९ करोड ९९ लाख पु¥याएको र कार्यकर्ता भरणपोषण गर्नका लागि योजना बाँडेको टिप्पणी गर्नुभयो ।

अवरुद्ध बैठक अगाडि बढ्न नसकेपछि सभामुख राजबहादुर शाहीले यही १३ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
स्थापनाको ३३ वर्षपछि जिल्ला अस्पताल ५० शैय्यामा विस्तार
२०८२ असार २३, सोमबार
आजको मौसम पूर्वानुमान : मुलुकभर वर्षाको सम्भावना, तराईमा डुबानको जोखिम उत्तिकै
२०८२ असार २३, सोमबार
आजको डलर १३६.९४, युरो १६१.३०, कुन मुद्रा कति पुग्यो ? हेर्नुहोस् पूरा विवरण
२०८२ असार २३, सोमबार
कांग्रेसका ११ केन्द्रीय सदस्यसहित २१ सय जनाविरुद्ध उजुरी
२०८२ असार २३, सोमबार
अमेरिकी राष्ट्रपति ट्रम्प र इजरायली प्रधानमन्त्री नेतन्याहूबीच आज भेटवार्ता हुँदै
२०८२ असार २३, सोमबार
वार्तामार्फत समस्या समाधान गर्न नेपाल बारको आग्रह
२०८२ असार २३, सोमबार
इजरायलमाथि यमन ‘हूथी समूह’ को मिसाइल आक्रमण
२०८२ असार २२, आइतबार