श्रावण ३०, २०८३ शनिबार August 15, 2026

कर्णाली प्रदेशसभाको बाह्रौं बैठक पनि स्थगित – अर्को बैठक आईतबार बस्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको आठौँ अधिवेशनको बाह्रौँ बैठक आज पनि चल्न सकेन । असार १ गते यता चारपटक स्थगित भएको सदन आज शुरु भएलगतै नेकपा (एमाले)ले अवरोध गरेको थियो ।

बैठक आरम्भ भएसँगै एमाले प्रदेशसभा दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले असार १ गते बजेट प्रस्तुत गरेको १० दिन बितिसके पनि सरकारले संसद्को गाम्भीर्यता नबुझेको बरु सरकार प्रमुख मुख्यमन्त्रीले एमालेभित्रको आन्तरिक किचलोले संसद् चल्न नसकेको भ्रम छरेको भन्दै उहाँप्रति रोष प्रकट गर्नुभयो ।

एमालेको सांसदहरूको कारण संसद् अवरुद्ध नभएको प्रष्ट्याउँदै सचेतक शाहीले भन्नुभयो, “एमालेको राजनीतिक मुद्दा संसद्मा राख्दा सरकारले सुनुवाइ गरेन । फरक परिस्थितिमा मन्त्री भएकाले सर्वोच्च अदालतले पुनर्बहाली गरिसकेपछि एमालेको दलको सदस्यको रूपमा उपस्थिति हुन गरेको निर्देशन सरकार र सदनले लागु गरेन ।”

सचेतक शाहले सरकारले स्थानीय तहमा समपूरक, समानीकरण, विशेष अनुदान घटाएको तर सशर्त अनुदान प्रदेशको पैसा भएकाले बढाएर रु एक अर्ब २९ करोड ९९ लाख पु¥याएको र कार्यकर्ता भरणपोषण गर्नका लागि योजना बाँडेको टिप्पणी गर्नुभयो ।

अवरुद्ध बैठक अगाडि बढ्न नसकेपछि सभामुख राजबहादुर शाहीले यही १३ गते दिउसो २ः०० बजेसम्मका लागि स्थगित भएको जानकारी दिनुभयो ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
देशमा राष्ट्रिय सहमति आवश्यक छ : अध्यक्ष लिङ्देन
२०८३ श्रावण ३०, शनिबार
पाटन बारको अध्यक्षमा निरौला विजयी
२०८३ श्रावण ३०, शनिबार
कम्युनिष्ट एकताबिना मुलुकको समृद्धि र रक्षा सम्भव छैनः नेता गुरुङ
२०८३ श्रावण ३०, शनिबार
दाइजोका कारण कसैलाई अन्याय भए मलाई सम्पर्क गर्नुः उपसभामुख ठाकुर
२०८३ श्रावण ३०, शनिबार
विपद्पछिको पुनर्स्थापनालाई प्राथमिकताका साथ अघि बढाउन पूर्व राष्ट्रपति भण्डारीको आग्रह
२०८३ श्रावण ३०, शनिबार
पुराना नेपाली चलचित्रमा दर्शकको आकर्षण
२०८३ श्रावण ३०, शनिबार
आदिवासीको अधिकारको सवालमा एमाले प्रतिबद्ध छः अध्यक्ष ओली
२०८३ श्रावण ३०, शनिबार