भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

निजगढ विमानस्थलको काम अघि नबढाउन सर्वोच्चको आदेश

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । सर्वोच्च अदालतले निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न सरकारलाई आदेश दिएको छ । न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले शुक्रबार विमानस्थल निर्माणको काम यथास्थितिमा राख्न अन्तरकालीन आदेश दिएको छ । साथै दुबै पक्षलाई अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाइएको छ ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेल, सुकदेव खत्री, वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीलगायतले निजगढ विमानस्थलका लागि ५ सय वटा पुराना रुख रहेको जंगल विनाश गर्ने, रुख काट्ने र जंगल क्षेत्रलाई कंक्रिटमा परिणत गर्ने गरी सरकारले गरेको निर्णय अमान्य र बदर घोषित गर्न माग गर्दै सार्वजनिक सरोकारको रीट दायर गरेका थिए ।
रिट निवेदकहरुले २०७२ सालमा निजगढ क्षेत्रको वन पर्यटन मन्त्रालयलाई हस्तान्तरण गर्ने गरी मन्त्रिपरिषदले गरेको निर्णय बदर गर्न पनि माग गरेका छन् ।
निजगढमा विमानस्थल बनाउँदा त्यहाँ ८ हजार भन्दा बढी रुख काट्नुपर्ने, त्यसको सट्टा अर्को रुख रोप्ने ठाउँ तयार नहुनु, रुख काट्दा जंगली जनावरको वासस्थान हराउने र जैविक विविधता, पानीको स्रोत सुक्ने तथा तराई क्षेत्र मरुभूमिकरण हुनसक्ने खतरा रीट निवेदनमा औल्याइएको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार
राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग
२०८३ भाद्र ३०, मंगलबार
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार