भाद्र ९, २०८३ मंगलबार August 25, 2026

रारा तालमा फोरजी सेवा सुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । नेपालको सबैभन्दा ठूलो ताल तथा कर्णाली प्रदेशको प्रमुख पर्यटकीयस्थलका रुपमा रहेको रारामा फोरजी सेवा सञ्चालन गरिएको छ।

नेपाल टेलिकमको एक टोलीले रारा पुगेर फोरजी सेवा सञ्चालन गरेको हो। बिहीबारदेखि मुगुको रारामा फोरजी सेवा सञ्चालनमा ल्याइएको रारा पुगेका नेपाल टेलिकमका वरिष्ठ इञ्जिनियर प्रेमबहादुर क्षेत्रीले बताएका छन। नेपाल टेलिकमका वरिष्ठ इञ्जिनियर क्षेत्रीसहित चार जनाको टोली अहिले फोरजी सेवा सञ्चालन गर्न रारामै रहेको छ। उनले नेपाल भ्रमण वर्ष–२०२० लाई लक्षित गरेर टेलिकमले दू्रत गतिको फोरजी सेवा सञ्चालनमा ल्याएको हो।

चाइना कम्युनिकेशन सर्भिसेस इन्टरनेशनलले जिम्मा लिएको उक्त फोरजी सेवा कर्णाली प्रदेशका सुर्खेतमा १५ टावर र दैलेखमा दुई टावर निर्माण गरी रारा तालमा समेत जडान गरिएको इञ्जिनियर क्षेत्रीले जानकारी दिएका छन। टेलिकमले राराको हुटुमा फोरजीको टावर राखेर सेवा सञ्चालन गरेको हो। उनका अनुसार एक हजार ८०० मेगाहर्जमा फोरजी सेवा सुरु गरिएको छ।

‘रारा आउने पर्यटकलाई सहज र छिटो इन्टरनेट सुविधा दिने उद्देश्यले फोरजी सेवा सञ्चालनमा ल्याएका हौँ’, पोखरेलले भने, ‘यो सेवाले रारामा पुग्ने पर्यटकलाई सामाजिक सञ्जाल प्रयोग गर्न, आफूले खिचेका फोटो तथा भिडियो तत्काल सामाजिक सञ्जालमा राख्न सहज हुनेछ।’

फोरजी सेवा सञ्चालनमा आएसँगै रारा आउने पर्यटक र विकट मुगुका बासिन्दाले उच्च गतिको मोबाइल इन्टरनेट सेवा प्रयोग गर्न पाउने भएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार
राष्ट्र बैंकद्धारा आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक
२०८३ भाद्र ९, मंगलबार
सङ्क्रामक पशु रोग नियन्त्रण गर्न विधेयकको मस्यौदा तयार
२०८३ भाद्र ८, सोमबार
तिब्बती निर्वासित सरकारका राष्ट्रपतिको चेक गणतन्त्रका राजदूतसँग भेटवार्ता
२०८३ भाद्र ८, सोमबार
बागमती प्रदेशसभाको बैठक भोलि अपराह्न ४ः०० बजे हुने
२०८३ भाद्र ८, सोमबार
मुख्यमन्त्री थापाको नियुक्तिविरुद्ध रिटमा ‘कारण देखाऊ आदेश’ जारी
२०८३ भाद्र ८, सोमबार