वैशाख १६, २०८१ आइतबार April 28, 2024

कोरोना कहरः हनीमुनबाट फर्किए लगत्तै पत्नीले गरिन् सम्बन्ध बिच्छेद

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पति र पत्नीको उत्कृष्ट सम्बन्ध हुन्छ । कयौपटक सामान्य झगडा भए पनि सम्बन्ध झन मजबुद हुँदै जान्छ । तर, भारतमा भने विवाह पछि हनिमुनसँगै गएका जोडी मध्ये श्रीमतीले घर फर्किए लगत्तै सम्बन्ध विच्छेद गरेकी छिन् ।

वास्तवमा ती जोडी भारतको बैंगलोरका हुन् । विवाहपछि जोडी हनिमुन गएका थिए । हनिमुनबाट फर्किए लगत्तै पतिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नो पतिलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि पत्नी रिसाइन् । र रिसको झोकमा माइती गइन् ।

हनिमुनबाट फर्किए लगत्तै पति संक्रमित भएपछि दुवैजनालाई आइसोलेसनमा बस्न पठाएको थियो । तर, ती महिला आइसोलेसनबाट भागेर प्लेन चढेर दिल्ली पुगिन् र दिल्लीबाट ट्रेन चढेर माइती पुगेकी हुन् ।

यो हल्ला बेंगलौर देखि आगरासम्म पुगेपछि उनलाई प्रशासनले सोधपुछ गर्दा पतिसँग बस्न नचाहेको बताएकी थिइन् । प्रशासनले प्रहरीलाई जिम्मा लगाएको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया