असार २, २०८३ मंगलबार June 16, 2026

कोरोना भाइरसको तौल १० किलोसम्म हुने दाबी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः वस्तुको वजनको बारेमा त सुनेकै छौ तर हालै विश्वकै लागि संकट कोरोना भाइरसको तौल वैज्ञानिकहरुले पत्ता लगाएका छन् । इजरायलको वीजमैन इस्टिट्युट अफ साइन्सका वैज्ञानिकहरुले कोरोना भाइरसको वजन पत्ता लगाएको दाबी गरेका हुन् ।

कोरोना भाइरसले महामारीको क्रममा कुनै पनि स्थानमा १० लाख देखि १ करोड मानिसलाई संक्रमित गराएको आधारमा वैज्ञानिकहरुले पुरै विश्वमा फैलिएको कोरोना भाइरसको तौलको गणना गरेको जनाएका छन् ।

वैज्ञानिकहरुको अनुसार विश्वमा पछिल्लो समयमा भएको कोरोना भाइरसको तौल ०.१ देखि १० किलोग्राम सम्म हुन्छ । वैज्ञानिकहरुले यो अनुमान संक्रमितको संख्याको आधारमा पत्ता लगाएको उनीहरुहको दाबी छ ।

अनुसन्धानकर्ताहरुले कोरोना भाइरसको तौल कम भएपनि खतरा भने बराबर हुने बताएका छन् । हाल विश्वमा हाल १७.३ प्रतिशत भन्दा बढी कोरोना संक्रमित छन् र ३७ लाख भन्दा धेरैले ज्यान गुमाईसकेका छन् । यो अनुसन्धान प्रोसोडिंग्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित भइसकको छ ।

अनुसन्धानमा सम्लग्न प्रोफेसर मिलोको अनुसार कोभिड–१९ भाइरस संक्रमित बाँदरबाट कोरोनाको वजन पत्ता लगाउन सुरु गरेका हुन् । उनको अनुसार बाँदरको फोक्सो, टन्सिल र पाचन प्रणालीमा भाइरसको मात्रा नापेका थिए । यसपछि उनीहरुले भाइरसको कण निकालेर प्रतिग्रामको हिसाबले गणना गरे । सोही कणलाई फेरी मानिससँग तुलना गरेर पत्ता लगाएकोे दाबी गरेका छन् ।

उनीहरुको अनुसार कम तौलको अर्थ कोरोनाको असर कम भएको समय र १० किलो तौल हुँदा भाइरसको असर धेरै भएको समय हो । एकजना कोरोना संक्रमित हुँदा धेरै कणहरु एक आपसमा मिलेर एक माइक्रोग्रामदेखि १० माइक्रोग्राम सम्मको कण बनेका हुन्छन् । एजेन्सीको सहयोग

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार
कालीकोटको पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ७४६ नागरिक लाभान्वित
२०८३ असार २, मंगलबार
स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
२०८३ असार २, मंगलबार
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
२०८३ असार २, मंगलबार