भाद्र ३०, २०८३ मंगलबार September 15, 2026

चाबहिल-साँखु सडकखण्डका स्थानीय फेरि आन्दोलित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । चाबहिल-साँखु सडकखण्ड निर्माणमा ढिलाइ भएको भन्दै फेरि स्थानीय आन्दोलित भएका छन् । सास्ती भएको भन्दै आइतबार पनि सर्वसाधारणले थलीमा टायर बालेर प्रदर्शन गरेका छन ।
सवारी आवागन नै रोकेर सर्वसाधारण सरकारको काम गराईको विरोधमा सडकमा आएका हुन् । यसअघि सरकारसँग भएको लिखित सहमति अनुसार सडक कालोपत्रे नभएको भन्दै स्थानीयबासिन्दाले प्रदर्शन गरेका हुन् ।
विहान धुलो मेट्न हालेको पानीले हिलाम्य हुने यहाँका सडक दिउँसो धूलोले नै कुहिरीमण्डल बन्ने गरेका छन् । चाबहिलदेखि साँखुसम्मको कूल लम्बाइ ११ दशमलव ४६ किलोमिटर छ । त्यसमध्ये सानो खण्ड मात्रै कालोपत्रे भएको छ । बाकीँ पुरै सडक कच्ची छन् ।

सडक निर्माणका लागि गिट्टी बालुवा सडकको बीच भागमा आईपुग्दा यो खण्डमा सवारी आवागमन पनि प्रभावित हुँदै आएको छ । विसं २०७२ मा चाबहिलबाट साँखुसम्म २२ मिटर चौडा चार लेनको सडक बनाउन काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले ठेक्का दिएको थियो ।

तर, मुआब्जा विवादका कारण सडक विस्तारको काम केही समय प्रभावित भयो । सरकारले उपलब्ध सडक सीमामै कालोपत्रे गर्ने निर्णय गरेपछि पनि कामले अझै गति लिएको छैन ।

सडक विभागले भने पुराना प्रणालीको ढलको समस्याका कारण कालोपत्रे अघि बढाउन समस्या भएको बताउँदै आएको छ । त्यसैगरी अहिले विगतमा स्थानीयले सडकका लागि छाडेको क्षेत्र पनि तारबार गर्न थालेकाले समस्या भएको काठमाडौं सडक विस्तार आयोजनाले जनाएको छ ।

समस्या समाधान गर्न स्थानीय तहले पनि भूमिका नखेलेको भन्दै स्थानीयहरु भने आक्रोशित छन् । लामो समयदेखि धुलो र हिलोको मारमा परेका स्थानीयबासिन्दाले यसअघि पनि पटक(पटक सडकमा उत्रिएर विरोध जनाइसकेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
आईतवारको बिदा कटौती गर्न सांसद ताहिर अली भाटको माग
२०८३ भाद्र ३०, मंगलबार
प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर राख्न आग्रह
२०८३ भाद्र ३०, मंगलबार
राहत र पुनः निर्माणका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग
२०८३ भाद्र ३०, मंगलबार
Speaker Aryal, NC leader Angdembey meet
२०८३ भाद्र ३०, मंगलबार
जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने : प्रधानमन्त्री
२०८३ भाद्र ३०, मंगलबार
सभामुख र प्रमुख प्रतिपक्षी दलका नेताबीच भेटवार्ता
२०८३ भाद्र ३०, मंगलबार
प्रतिनिधिसभाः बाढीमा हराएका व्यक्तिका परिवारको ‘डिएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?
२०८३ भाद्र ३०, मंगलबार