भाद्र ९, २०८३ मंगलबार August 25, 2026

ग्यास लिक भएर आगलागी हुँदा एक जनाको मृत्यु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विराटनगर । विराटनगर-२ शनिहाटमा शनिबार राति ग्यास लिक भएर आगलागी हुँदा एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अन्दाजी ७० वर्षीय जेष्ठ नागरिक जयप्रसाद दाहाल छन् । काठमाडौं बसोबास गर्दै आएका उनी केही दिनअघि विराटनगर आएका थिए ।

एक्लै बस्दै आएका उनी आइतबार बिहान जलेको अवस्थामा मृत भेटिएका हुन् । घटना शंकास्पद भएको भन्दै प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूका अनुसार ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक अनुमान रहेको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिएका छन । घटनास्थलमा ग्यासको पाइप जलेको अवस्थामा कोशी ग्यासको सिलिण्डर छ ।

आइतवार बिहान दाहाललाई भेट्न राधेश्याम दराक आएका थिए । जयप्रसादले ढोका नखोलेपछि छिमेकी बोलाएर हेर्दा जलेको अवस्थामा शव भेटिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
गाजाका बासिन्दालाई धपाउने इजरायली धम्की ‘अत्यन्त आपत्तिजनक’ : राष्ट्रसङ्घ
२०८३ भाद्र ९, मंगलबार
राष्ट्रपतिद्वारा चाँगुनारायणको प्रसाद ग्रहण
२०८३ भाद्र ९, मंगलबार
सीमा सुरक्षामा कुनै कमीकमजोरी हुनुहुँदैन : सशस्त्र महानिरीक्षक पौडेल
२०८३ भाद्र ९, मंगलबार
कृषि कर्जालाई किसानमैत्री बनाउनुपर्छः मन्त्री चौधरी
२०८३ भाद्र ९, मंगलबार
उनेपाले विद्युत् महसुलको भ्याट हटाउने, डेडिकेटेड–ट्रंक लाइनको बक्यौता असुल्ने
२०८३ भाद्र ९, मंगलबार
प्रदेश तथा स्थानीय सरकारको अन्तरसम्बन्ध सुदृढीकरण गर्छौँ : मुख्यमन्त्री शाही
२०८३ भाद्र ९, मंगलबार
चीनबाट जनै आयात भएको तथ्याङ्क भेटिएन
२०८३ भाद्र ९, मंगलबार