असार २४, २०८२ मंगलबार July 8, 2025

कर्णाली प्रदेशसभाको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कर्णाली प्रदेशसभाको बैठक आज पनि स्थगित भएको छ । आर्थिक वर्ष २०७८-७९ को वार्षिक बजेटबारे छलफल गर्नुपर्ने कार्यसूची भए पनि प्रमुख प्रतिपक्षी नेकपा (एमाले) को अवरोधका कारण बैठक सञ्चालन हुन सकेन ।

एमालेको अवरोधले प्रदेश सरकारले असार १ गते ल्याएको बजेटमाथि अझै छलफल हुन सकेको छैन । बैठक शुरु हुनासाथ एमाले सांसद उठेर अवरोध गरेका थिए । सभामुखले एक जनालाई बोल्न र अन्यलाई आसनग्रहण गर्न अनुरोध गरेलगत्तै एमालेका प्रदेशसभा सदस्य दल रावलले प्रदेश सरकारले असंवैधानिक कदम चालेका कारण विरोध गर्न बाध्य भएको बताउनुभयो । “कर्णालीमा अल्पमतले बहुमतमाथि शासन गरिरहेको छ, यो नैतिक, लोकतान्त्रिक र वैधानिक रुपमै लज्जास्पद हो”, उहाँले भन्नुभयो, “जबसम्म सरकार आफ्ना गल्ती सच्याउँदैन्, तब बजेटमाथि छलफल गर्न सकिँदैन ।”

रावलले बोलेपछि पनि एमाले सांसद सिटमा नबसेपछि सभामुखले यही असार २७ गतेसम्मका लागि बैठक स्थगित भएको घोषणा गर्नुभयो । एमालेले सदनमा एउटै पार्टीलाई सत्तापक्ष र प्रतिपक्षीमा राख्न खोजिएको भन्दै आपत्ति जनाउँदै आएको छ । हाल प्रदेश सरकारमा एमालेका तीन जना सदस्य मन्त्री हुनुहुन्छ । फ्लोर क्रस गरेर आफूलाई विश्वासको मत दिएका एमालेका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकारमा सहभागी गराउनुभएको छ ।

फ्लोर क्रस गरेपछि एमालेको सिफारिशका आधारमा प्रदेशसभाले पदबाट बर्खास्त गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशबाट उहाँहरुसहित प्रकाश ज्वाला पुनर्वहाली हुनुभएको थियो । प्रदेशसभाले विपक्षी लहरमा सिट व्यवस्थापन गरेपनि ज्वालाबाहेक अन्य तीन जना सत्तापक्षको कुर्सीमा बस्दै आउनुभएको छ । एमालेले सोही विषयलाई लिएर सदन अवरुद्ध गर्दै आएको छ । संसदीय व्यवस्थामा एउटै पार्टी सत्तापक्ष र विपक्षी हुन नसक्ने एमालेको जिकिर छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
चीनको न्यालममा भारी वर्षा, भोटेकोशी–सुनकोशी क्षेत्रमा सतर्कता अपनाउन प्रशासनको आग्रह
२०८२ असार २४, मंगलबार
प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता
२०८२ असार २४, मंगलबार
चिकित्सक संघद्वारा देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द
२०८२ असार २४, मंगलबार
अध्यक्ष दाहालद्वारा बाढी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन आग्रह
२०८२ असार २४, मंगलबार
त्रिशुली नदीमा आएको बाढीबाट जोगिन सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह
२०८२ असार २४, मंगलबार
पर्यटकको नयाँ गन्तव्य बन्दै ‘साम्बा चोक’
२०८२ असार २४, मंगलबार
कुपोषित बालबालिका खोज्दै टीकापुर नगरपालिका
२०८२ असार २४, मंगलबार