असार २, २०८३ मंगलबार June 16, 2026

विवाहपछि यौन चाहना दोब्बर बढाउनलाई के गर्ने ?

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः मानिसका ईच्छा चाहाना सदैब एउटै हुदैन्न् । यौन चाहना नहुने विभिन्न कारण हुन्छन् । जसमध्ये सबैभन्दा प्रमुख कारण रागरसको गडबडी हो । त्यस्तै व्यक्तिले उच्च रक्तचाप, मनोद्दिपक (मानसिक रोग) को औषधि र मधुमेहको औषधि सेवन गरेको अवस्थामा पनि उसमा यौन चाहना नआउन सक्छ । यसका साथै आफ्नो दिनचर्या निकै व्यस्त हुने व्यक्तिमा थकान र विभिन्न तनावले मानसिक रुपमा तयार नहुनाले पनि व्यक्तिमा यौन चाहना नआउन सक्छ ।

यसका साथै केही हदसम्म वंशाणुगत गुणका कारणले पनि यौन चाहनामा फरक पर्न जान्छ । तर यी समस्या परामर्शको माध्यमबाट हल गर्न सकिने यौन विशेषज्ञहरु बताउछन् ।  यौन इच्छा नआउनु कुनै रोग होइन र यसले शरीरमा कुनै किसिमको हानी गर्दैन् ।

मानिसलाई यौनको आवश्यकता पर्छ । किनकी मानिस यौनिक प्राणी हो । तर यौन सम्पर्क नराख्दैमा मानिस बाच्दैन भन्ने होइन । यौन सम्पर्कबाट टाढा रहदा अझ एचआईभी एड्स तथा यौन संक्रमणबाट बच्न सकिन्छ । त्यसैले यौन चाहना नहुनु धेरै ठूलो समस्या होइन ।

तर विवाह पछिको यौन सम्बन्धमा भने यसले केही प्रभाव पार्छ नै । श्रीमान्लाई यौन चाहना भइरहने र श्रीमतीलाई यौन चाहना नहुदा समस्या पैदा हुन्छ । श्रीमानको इच्छा पुरा गर्न पनि श्रीमतीले यौन सम्पर्क राखिदिनु पर्ने सोच हाम्रो समाजमा छ । यसका साथै श्रीमतीले यौन चाहना नै छैन भनेपछि श्रीमानले शंकाको दृष्टिले हेर्ने परम्परापनि समाजमा छ । त्यसैले यौन चाहना नहुनु कुनै रोग नभए पनि विवाह पछिको यौनले विशेष महत्व राख्छ । त्यसैले कसरी हुन्छ, विवाहपछि श्रीमान श्रीमतीबिच सहमतीमा यौन सम्पर्क राख्नु पर्छ । र एकले अर्काको भावना बुझ्नु पर्छ ।

यौन चाहना कम हुदैमा शंकाको दृष्टिले हेर्ने संस्कार हटाउनु पर्छ । किनकी यौन चाहना व्यक्ति व्यक्ति बिच  फरक हुनसक्छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
रास्वपाको महाधिवेशन भरतपुरमा, उद्घाटनमा ५० हजार सहभागी हुने अनुमान
२०८३ असार २, मंगलबार
परीक्षा प्रणाली सुधार्दै कृषि विश्वविद्यालय
२०८३ असार २, मंगलबार
रास्वपाको चार प्रदेश र ६४ जिल्लामा अधिवेशन सम्पन्न
२०८३ असार २, मंगलबार
सडक पूर्वाधार र यातायात क्षेत्रलाई बजेटमा प्राथमिकताः मुख्यमन्त्री पाण्डे
२०८३ असार २, मंगलबार
कालीकोटको पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर, ७४६ नागरिक लाभान्वित
२०८३ असार २, मंगलबार
स्वास्थ्य बिमाका लागि थप भुक्तानी प्रक्रिया अगाडि बढ्यो
२०८३ असार २, मंगलबार
जी–७ राष्ट्रद्वारा युक्रेन युद्ध अन्त्य गर्न रूसमाथि दबाब बढाउने सहमति
२०८३ असार २, मंगलबार