कार्तिक ८, २०८३ आइतबार October 25, 2026

१७४ विद्यालय दरबन्दीविहीन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

बैतडी । जिल्लाका १ सय ७४ सामुदायिक विद्यालय दरबन्दीविहीन छन् । ती विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका छन् । समुदायको पहलमा स्थापना भएका विद्यालयमा दरबन्दी नहुँदा शैक्षिक गुणस्तर कमजोर हुँदै गएको छ ।

जिल्लामा कक्षा १ देखि ५ सम्मका ४३, कक्षा १ देखि ८ सम्म पढाइ हुने ८७ र ४४ माध्यमिक विद्यालय दरबन्दीविहीन रहेको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिएका छन । यी विद्यालय निजी स्रोतका शिक्षकका भरमा सञ्चालन भइरहेका उनले बताएका छन । ‘०५२ पछि स्थापना भएका धेरै विद्यालय दरबन्दीविहीन छन् ।’

सामुदायिक विद्यालयमा शिक्षकको दरबन्दी नहुँदा शैक्षिक गुणस्तर खस्कँदै गएको सुर्नया–५ का निराजन मडैले बताएका छन । राजनीतिक पहुँचका आधारमा विद्यालय सञ्चालनको अनुमति प्रदान हुँदा सामुदायिक विद्यालय सञ्चालनमा समस्या आएको हो ।

शून्य दरबन्दी रहेका विद्यालयमा निजी स्रोतका शिक्षक तथा राहत दरबन्दीका शिक्षकले अध्यापन गर्दै आएका शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले बताएका छन ।

शून्य दरबन्दी भएका विद्यालयको दरबन्दी सिर्जना जिल्लास्तरबाट नहुने शिक्षा विकास तथा समन्वय इकाइका सूचना अधिकारी शर्माले बताएका छन ।

विद्यालयमा सरकारी दरबन्दीका शिक्षक नहुँदा अभिावककै चन्दाका भरमा अधिकांश विद्यालय सञ्चालन भएका छन् । यसले गर्दा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिए पनि त्यो कार्यान्वयन भने हुनसकेको छैन । निजी स्रोतका शिक्षकको तलबका लागि महिनाको अन्त्यमा विद्यालयलाई धौधौ पर्ने गर्दछ ।

विद्यालयमा शून्य दरबन्दी हुँदा विद्यालय सञ्चालनमा निकै समस्या भएको पाटन नगरपालिका–९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडाका व्यवस्थापन समितिका अध्यक्ष प्रेम भाटले बताएका छन । शिक्षक पदपूर्तिका लागि जिल्ला समन्वय समितिले पनि पहल थालेको जनाएको छ । शिक्षाका अधिकार स्थानीय सरकारमा रहेकाले स्तानीय तहले चाँसो देखाउनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख शिद्धराज भट्टले बताएका छन ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
मौसम पूर्वानुमानमा एआई प्रयोगदेखि नयाँ राडार जडानसम्म, सरकारका दुई श्वेतपत्र सार्वजनिक
२०८३ कार्तिक ८, आइतबार
युक्रेनले स्टारलिङ्कको सेवा सर्त उल्लङ्घन गरेको मस्कको आरोप
२०८३ कार्तिक ८, आइतबार
पशुमा पूर्ण खोप कार्यक्रम खोप अभियान : महामारीजन्य रोग नियन्त्रण गर्न प्रभावकारी
२०८३ कार्तिक ८, आइतबार
कांग्रेसका २३० केन्द्रीय सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी
२०८३ कार्तिक ८, आइतबार
Couple found dead in Dhanusha
२०८३ कार्तिक ८, आइतबार
मेसी मैदानमा उत्रिए पनि इन्टर मियामी पराजित, न्यूयोर्क रेड बुल्स २-० ले विजयी
२०८३ कार्तिक ८, आइतबार
अध्ययन खर्च जुटाउन ‘पेन्टिङ’ गर्दै युवा
२०८३ कार्तिक ८, आइतबार