मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

अर्थतन्त्र लयमा फर्काउने प्रयास गर्छुः प्रधानमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्र लयमा फर्काउन प्रयास गर्ने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँग बिहीबार सिंहदरवारमा भएको भेटमा प्रधानमन्त्री देउवाले सरकारले कोरोनाले थलिएको अर्थतन्त्रलाई लयमा फर्काउने प्रयास गर्ने बताउनुभएको छ ।

भेटमा कोरोनाले नेपाली अर्थतन्त्रमा पारेको प्रभाव र सुधारका विषयमा छलफल भएको थियो । प्रधानमन्त्रीलाई भेट्ने महासंघका अध्यक्ष शेखर गोल्छा नेतृत्वको टोली सिंहदरवार पुगेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया