काठमाण्डौंः जनता समाजवादी पार्टी (जसपा) को आधिकारिकता विवादबारे निर्णय गर्न आइतवार निर्वाचन आयोगमा इजलास बस्दै छ ।
इजलास बिहान ११ बजे बस्ने स्रोतले जानकारी दिएको छ। विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरिएको थियो ।
अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षले एक अर्कालाई कारबाही गर्दै दुवैले आफूहरू आधिकारिक भएको दाबी गर्दै आएका छन् । यसअघि ३२ सांसदमध्ये उपेन्द्र पक्षसँग १२ मात्रै सांसद थिए । तर, अहिले उपेन्द्र पक्षले आफूसँग १९ जना सांसद रहेको दाबी गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया