मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

जसपा आधिकारिकता विवादको टुंगो आज लगाँईदैं

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) को विवाद समाधानका लागि शुरु गरेको इजलासको बहस आज सक्ने तयारी गरेको छ ।

गत आइतबार बहस गर्दै आयोगले जसपाको दुवै पक्षलाई आधिकारिक कागजात बुझाउन भनेको र त्यसैका आधारमा आज बहस हुने आयोगले जनाएको छ ।

दुवैपक्षले बुझाएको प्रमाण तथा जसपाको केन्द्रीय कार्यकारिणी समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने तयारी आयोगको छ ।

जसपाको विवाद निरुपणका लागि आयोगले प्रमुख आयुक्त दिनेश थपलियाको नेतृत्वमा पाँच सदस्सीय इजलास गठन गरेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया