काठमाण्डौंः संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदले सोमबार इराकको राजधानी बगदादामा भएको हमलाको निन्दा गरेको छ । बुधबार राष्ट्रसंघीय सुरक्षा परिषदले सो हमलाको निन्दा गरेको बताइएको छ ।
इराकको राजधानी बगदादमा भएको सो हमलामा परी कैयौँ नागरिकको ज्यान गएको थियो । राजधानी बगदादामा सोमबार भएको सो आत्मघाती बम हमलामा परी कम्तीमा पनि ३० जना मानिसको ज्यान गएको थियो ।
त्यस हमलामा परेर अरु करिब ५० जनाजति नराम्ररी घाइते भएका थिए । दिउसो भएको सो हमलामा परी यहाँका निर्दोष सर्वसाधारण नागरिकको ज्यान गएको थियो । राष्ट्रसंघीय सुरक्षा परिषदका सदस्यहरुले बुधबार एक विज्ञप्ति प्रकाशन गरेर सो हिंसात्मक घटनाको निन्दा गरेका बताइएको छ ।
ती सदस्यहरुले उक्त हिंसात्मक हमलामा परेर ज्यान गुमाउने नागरिकप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् भने घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेका छन् । त्यसैगरी उक्त हलमामा जिम्मेवार व्यक्तिहरुलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्न पनि उनीहरुले माग गरेका छन् ।
सोमबारको सो हिंसात्मक हमलाको इस्लामिक स्टेटले जिम्मेवारी लिएको छ । रासस-सिन्हा
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया