कार्तिक १०, २०८३ मंगलबार October 27, 2026

लोकप्रिय गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘बैगुनी’ सार्वजनिक (भिडियो)

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कलाकार दीपक मैथाने मगरले आफ्नो जन्मदिनको अवसर पारेर नयाँ सांगीतिक कोसेली ‘बैगुनी’ सार्वजनिक गरेका छन् । साउथ ह्यारोस्थित हाम्रो चौतारी रेष्टुरेन्टमा आयोजित एक कार्यक्रमकाबीच तमु समाज यूकेका संस्थापक अध्यक्ष चित्र बहादुर गुरुङले भिडियो सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा भिडियोमा आवद्ध प्राविधिक एवं कलाकारहरुलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । बेलायतमा छायांकन गरिएको भिडियोमा वरिष्ठ कलाकार मनिष श्रेष्ठ, पहिलो मिसेस यूके नेपाल आस्था जोशी, सन्तोष राई, समिर भट्टराई र अर्जुन लिम्बूको अभिनय रहेको छ ।

लोकप्रिय गायक प्रमोद खरेलको स्वर रहेको उक्त गीतमा मैथानेकै शब्द सिर्जना रहेको छ भने म्यूजिक र अरेन्ज बिलन थापा मगरले गरेका छन् । नेपालको गुल्मीमा जन्मिएर बेलायतलाई कर्मथलो बनाएका मैथाने व्यस्थ समयका बावजुत पनि निरन्तर समर्पित छन् ।

‘बैगुनी’ को निर्देशन संचारकर्मी कुशल श्रेष्ठले गरेका हुन् । करिब डेढ दशकदेखि पत्रकारिता सँगसँगै भिडियो निर्देशनमा पाइला चालेका निर्देशक कुशलकै छायांकन र सम्पादन रहेको भिडियोको कलरिङ् नवीन निरौलाले गरेका हुन् ।

बेलायतका रमणीय र प्रसिद्ध स्थानहरुमा छायांकन गरिएको भिडियोमा प्रेम विछोडमा हुने विभिन्न ढङ्गबाट निर्देशक कुशलले गज्जबसँग भिडियोमा देखाएका छन् । भिडियो कलाकार मैथानेकै अफिसियल च्यानल मैथाने इन्टरटेनमेन्ट मार्फत युट्युवबाट रिलिज गरिएको हो ।

भिडियोमा हेर्नुहोस्ः

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनालसँग साइप्रसका गैरआवासीय राजदूतको शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
विना इजाजत स्वास्थ्य संस्था चलाउनेलाई कारबाही
२०८३ कार्तिक १०, मंगलबार
उपराष्ट्रपति यादव र जर्मनीका राजदूत भोल्जबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १०, मंगलबार
योगलाई ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्ने प्रयास भइरहेको छ : केपी ओली
२०८३ कार्तिक १०, मंगलबार
लोकतन्त्रको रक्षा, सुदृढीकरण र संस्थागत विकासका लागि तरुण युवाको भूमिका महत्त्वपूर्ण : महामन्त्री पौडेल
२०८३ कार्तिक १०, मंगलबार
नेप्से परिसूचक झिनो अङ्कले बढ्यो
२०८३ कार्तिक १०, मंगलबार
सौराहामा पर्यटकको चहलपहल बढ्यो
२०८३ कार्तिक १०, मंगलबार