मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । उनले आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बोलाएका हुन् ।

आजको बैठकमा समसामयिक विषयवस्तु र दैनिक प्रशासनिक काम कारबाहीबारे छलफल हुने सरकारका प्रवक्ता तथा कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए । आइतबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य राज्यमन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका थिए ।

प्रधानमन्त्रीमा नियुक्त भएको दुई हप्ता भइसक्दा पनि प्राथमिकतामा नरहेको स्वास्थ्य मन्त्रालय मन्त्री विहिन भएपछि देउवाको चौतर्फी आलोचना हुन थालेको थियो । उनले स्वास्थ्य मन्त्रालय आफैसँग राखेर राज्यमन्त्रीमा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठलाई नियुक्त गरेका थिए ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया