वैशाख १६, २०८१ आइतबार April 28, 2024

मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४० स्थानमा पुगिन अनुष्का

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः बेलायतको लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठले दोस्रो चरणको ‘हेड टु हेड च्यालेन्ज’ प्रतिस्पर्धामा जित हाँसिल गरेकी छिन् ।

यो जीतसँगै अनुष्का मिस वर्ल्ड प्रतिस्पर्धाको शीर्ष ४०को प्रतिष्पर्धामा पुगेकी छिन् ।

पहिलो चरणको हेड टु हेड च्यालेन्जमा मंगलबार अनुष्काले इन्डोनेसियाकी प्रतिस्पर्धी फ्रेड्रिक एलेक्सीस कलसँग प्रतिस्पर्धा गरेकी थिइन् ।

अनुष्कासँगै अन्य १० देशका सुन्दरीले हेड टु हेड च्यालेन्ज जितेका छन् जसमा मोल्डोभा, भेनेजुएला, नाइजेरिया, मेक्सिको, फिलिपिन्स, गुयाना, भारत, ट्रिनिड्याड एण्ड तोबागो र प्याराग्वे रहेका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया