कार्तिक ९, २०८३ सोमबार October 26, 2026

विराज भट्ट अभिनिती फिल्म ‘राम नाम सत्य’ प्रदर्शनमा

फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौं । विराज आफ्नै निर्देशनको फिल्म ‘१२ गाउँ’ पछि फिल्म ‘राम नाम सत्य’ मार्फत पर्दामा आएका हुन् ।

फिल्म ‘राम नाम सत्य’ को टिकट बुकिङमा उत्साह नदेखिए पनि शो भने देशभरमा १८० भन्दा बढी पाएको छ । अब फिल्मले वर्ड अफ माउथबाट दर्शक तान्ने चुनौती बनेको छ ।

अर्कोतर्फ करिब २० करोड कमाई गरेको ‘१२ गाउँ’ को सफलतापछि विराजले बक्स अफिसमा सफलता दोहोराउने दबाब पनि देखिएको छ ।

माइकल चन्दको निर्देशनमा बनेको यस फिल्ममा विराजसहित सुशील श्रेष्ठ, दिव्या रायमाझी, सुपुष्पा भट्ट, सुनिल थापा, प्रशान्त ताम्राकार, आयुषसिंह ठकुरी, खुशी कार्की, दिनेश डिसी लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा उपेन्द्र शाही र स्वेता बिमलीको लगानी छ भने किशोर भट्ट, राजेन्द्र भट्ट र अर्जुन सुनार कार्यकारी निर्मातामा रहेका छन् ।

यस फिल्ममा बाबुल गिरी, अर्जुन पोखरेल, एसडी योगी र नवाज अन्सारीको संगीत तथा काला चरणको पाश्र्व संगीत छ । यो फिल्ममा समावेश ‘धागोले बाटेको’ बोलको गीतले लोकप्रिय बनेको छ ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार