काठमाडौं । आयरा डिजिटलको प्रस्तुतीमा गायक तथा कलाकार दिपेन्द्र खड्का र मन्जु भण्डारीको गीती सङ्ग्रह ‘तारा पिलिपिली’ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। मायाप्रेममा आधारित उक्त गीतले “जुनतारा झैँ जुनी काटौँ तिमी र म मिली” भन्ने भावलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
गीतमा लोकप्रिय गायिका सुनिता बुढा क्षेत्री र दिपेन्द्र खड्काको स्वर रहेको छ। गीतका शब्द तथा लय सृजना कृष्ण लामिछाने ले गरेका हुन् भने सङ्गीत संयोजन महेन्द्र भण्डारी ले गरेका छन्।
म्युजिक भिडियोमा दिपेन्द्र खड्का र मन्जु भण्डारीको अभिनय रहेको छ। भिडियोको निर्देशन कृष्ण लामिछानेले गरेका छन् भने छायांकन करन चैसिर र सम्पादन बिनोद बमले गरेका छन्।
विशेषगरी गायक दिपेन्द्र खड्काले आफ्नी श्रीमतीको जन्मदिनको अवसर पारेर उपहारस्वरूप गीत सार्वजनिक गरेको जनाइएको छ। युट्युब ट्रेन्डिङमा उकालो लागिरहेको उक्त गीतले दर्शकमाझ राम्रो प्रतिक्रिया पाइरहेको छ। सम्पूर्ण टिमले गीत सफल हुने विश्वास व्यक्त गरेका छन्।
भिडियो हेर्नुहोस्
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया