काठमाण्डौं । बलात्कार आरोप लागेका कलाकार सागर लम्साल ‘बले’ हाजिरी जमानीमा रिहा भएका छन् ।
अमेरिकामा अध्ययनरत एक युवतीले बलात्कारको आरोप लगाएपछि सागरलाई प्रहरीले चैत्र २१ गते पक्राउ गरेको थियो । उनीविरुद्ध कुनै उजुरी नपरेपछि प्रहरीले अभद्र व्यवहारको कसुरमा थुनामा राखेको थियो ।
उनलाई चैत्र २२ गते पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति लिएको भएपनि शुक्रबार प्रहरीले हाजिरी जमानीमा रिहा गरेको छ ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया