कार्तिक ९, २०८३ सोमबार October 26, 2026

बलिवुडकी चर्चित गायिका आशा भोसलेको निधन

भारतीय संगीत जगतकी अग्रणी गायिकामध्ये एकका रूपमा स्थापित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौँ । बलिवुडकी चर्चित गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको छ ।

लामो समयदेखि संगीत क्षेत्रमा सक्रिय उनी आइतबार संसारबाट बिदा भएकी हुन् । अस्वस्थ भएपछि शनिबार उनलाई ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो, जहाँ उपचारका क्रममा उनको निधन भएको भारतीय समाचार एजेन्सी पिटीआईले उल्लेख गरेको छ ।

उनको अन्त्येष्टि सोमबार गरिने जनाइएको छ । बिहान ११ बजे उनको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि निवासमा राखिनेछ भने साँझ ४ बजे शिवाजी पार्क मा अन्त्येष्टि गरिने बताइएको छ ।

सन् १९३३ सेप्टेम्बर ८ मा जन्मिएकी भोसले संगीत परिवारमा हुर्किएकी थिइन् । उनका पिता दीनानाथ मंगेशकर शास्त्रीय गायक तथा कलाकार थिए । सानै उमेरदेखि संगीतमा लागेकी उनले पहिलो गीत मराठी चलचित्र माझा बालमा गाएकी थिइन् । पछि उनले हिन्दी चलचित्रमा पनि प्रवेश गर्दै लामो समयसम्म हजारौं गीतमा स्वर दिइन् । पाँच दशकभन्दा बढी समयसम्म सक्रिय रहँदै उनी भारतीय संगीत जगतकी अग्रणी गायिकामध्ये एकका रूपमा स्थापित भएकी थिइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कर्णालीका कला, साहित्य र संस्कृति उजागर गर्न जुम्लामा ‘सीमान्त साहित्य सम्मेलन’
२०८३ कार्तिक ९, सोमबार
लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल
२०८३ कार्तिक ९, सोमबार
करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइने
२०८३ कार्तिक ९, सोमबार
निजी क्षेत्र बलियो नभई राज्य बलियो हुँदैन : सभामुख अर्याल
२०८३ कार्तिक ९, सोमबार
खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो : मुख्यमन्त्री
२०८३ कार्तिक ९, सोमबार
पूर्वराष्ट्रपति भण्डारी चीन भ्रमणबाट स्वदेश फिर्ता
२०८३ कार्तिक ९, सोमबार
आगामी आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ : मन्त्री खनाल
२०८३ कार्तिक ९, सोमबार