असार २५, २०८२ बुधबार July 9, 2025

ट्यूनिशियामा राष्ट्रपतिद्वारा संसद निलम्बनको समर्थन र विरोध गर्दै प्रदर्शन, झडपमा सयौँ घाइते

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः ट्युनिसियामा राष्ट्रपतिले निर्वाचित प्रधानमन्त्रीलाई अपदस्थ गरी सत्ता आफ्नो हातमा लिएसँगै समर्थन र विरोधमा ठाउँठाउँमा प्रदर्शनहरू भएका छन् । दुई समूहबीच भएका झडपहरूमा सयौँ मानिस घाइते भएका बताइएको छ ।

राष्ट्रपति काइस साइदले आइतबार प्रधानमन्त्री हिसेम मेशीशीलाई हटाई नयाँ प्रधानमन्त्रीको सहयोगमा नेतृत्व आफुुले लिने बताउनुभएको थियो ।  यहाँको सबैभन्दा ठूलो दल एन्नाहधाले राष्ट्रपतिको कदमलाई ‘कू’ को सज्ञा दिएको छ ।

प्रधानमन्त्री मेशीशीलाई हटाई संसद निलम्बन गरेसँगै उहाँको समर्थनमा हजारौँ मानिस सडकमा ओर्लिएका थिए । सोमबार राष्ट्रपतिले चालेको ‘अप्रजातान्त्रिक’ कदमको विरोधमा एन्नाहधा लगायतका दलले आफ्ना कार्यकर्तालाई राष्ट्रपतिको विरोधमा उत्रिन आह्वान गरेको छन् ।

कोभिड–१९ को महामारी नियन्त्रणमा सरकारले अपेक्षाकृत भूमिका खेल्न नसकेको भन्दै ट्यूनिशियाली नागरिकले सुशासनका लागि आन्दोलन गर्दै आएका थिए । पछिल्ला दिनहरूमा प्रदर्शनकारी र प्रहरीबीच झडपहरू भएपछि राष्ट्रपतिले संसद् निलम्बन गर्नुभएको हो ।

“ट्यूनिशियामा सामाजिक शान्ति पुनर्बहाल नभएसम्म र हामी राष्ट्रलाई सुरक्षित नतुल्याएसम्मका लागि राजनीतिक नेतृत्व नयाँ प्रधानमन्त्रीको सहयोगमा हामीमा निहीत रहनेछ,” साईदले टेलिभिजनमार्फत् गरेको सम्बोधनका क्रममा भन्नुभयो । राष्ट्रपति कार्यालयमा आपत्कालीन सुरक्षा बैठक गरेपछि टेलिभिजनमार्फत् देशबासीका नाममा सम्बोधन गर्नुभएको हो ।

घोषणासँगै ट्यूनिससहित अन्य थुप्रै सहरमा झडपहरू भएका छन् । त्यस क्रममा प्रहरीले अश्रुग्यास प्रहार गर्नुका साथै थुप्रै प्रदर्शनकारीलाई गिरफ्तार गरेको छ । राष्ट्रपति साईदले थप हिंसाहरू भए त्यसलाई नियन्त्रणमा लिन सेनाको प्रयोग गरिने चेतावनी दिनुभएको छ ।

“म चेतावनी दिन चाहन्छु कि जोसुकैले पनि यदि अस्त्र उठाउनेबारे साचेमा र जोसुकैले पनि गोली चलाउँछ भने सशस्त्र फौजहरूले गोलीको जबाफ गोलीमार्फत् दिनेछन्,” उहाँले भन्नुभयो ।

संसद्माथि ‘सम्भावित खतरा’ छ भने त्यसलाई निलम्बन गर्ने अधिकार संविधानले आफूलाई प्रदान गरेको राष्ट्रपतिको दाबी छ । तर निलम्बनमा परेको संसद्का सभामुख राशिद गनुशीले ट्यूनिशियाको ‘क्रान्ति र संविधानमाथि कू गरिएको’ प्रतिक्रिया दिनुभएको छ । रासस- एएफपी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार