असार २५, २०८२ बुधबार July 9, 2025

चीनमा पुनः भेटिए कोरोनाका सङ्क्रमित

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ सङ्क्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ सङ्क्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती सङ्क्रमितहरु चीन भित्रैबाट सङ्क्रमणमा परेका पाइएको बताइएको छ ।

चीनको जाङ्सु र लियानिङमा ती सङ्क्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ सङ्क्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि सङ्क्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी सङ्क्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।

चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।स्थानीय नागरिकमै सङ्क्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि सङ्क्रमित देखिएका छन् ।

त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुनः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ । रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया