मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

झापाको मेचीनगर, विर्तामोड नगरपालिका र कमल गापा १ साताको लागि सिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः झापाको मेचीनगर, विर्तामोड नगरपालिका र कमल गाँउपालिका एक साताको लागि सिल गर्ने निर्णय भएको छ ।

पछिल्लो समय कोरोना संक्रमणदर उच्च हुँदै गएपछि जोखिम नियन्त्रणका लागि मेचीनगर नगरपालिका, विर्तामोड र कमल गाउँपालिकाले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी सिल गर्ने निर्णय गरेको जनाएको छ ।

मेचीनगरमा मंगलबार उपप्रमुख एवम् कार्यवाहक नगरप्रमुख मीना उप्रेती पोखरेलको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगर एक हप्ताको लागि सिल गर्ने निर्णय गरेको हो ।

‘शिल’ को समयमा नगर तथा वडा कार्यालयका अत्यावश्यक काम बाहेक सबै कार्य बन्द गर्ने निर्णय गरिएको छ । अस्पताल, स्वास्थ्य चौकी, एम्बुलेन्स, वारुणयन्त्र, औषधी पसल, खोप सेवा, फोहोरमैला व्यवस्थापन, विद्युत तथा सञ्चार सम्बन्धि सेवा मात्र सञ्चालनमा आउने छन् ।

दुध, अण्डा, फलफुल, तरकारी पसल विहान ६ बजेदेखि ८ बजेसम्म खुल्ला गर्न दिने निर्णय भएको छ । नगरभित्र सञ्चालनमा आउने कक्षा ११ को परीक्षा स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न दिइने छ । अन्य पसल, व्यवसाय, होटल, बैंक तथा बित्तीय संस्थाहरु समेत पूर्णरुपमा बन्द रहने छन् ।

अत्यआवश्यकीय सेवा अन्तर्गत अस्पताल, औषधि पसल, पेट्रोलियम पदार्थ खुल्ला हुनेछ, भने तरकारी पसल, अण्डा, दुधजन्य सामग्री बिहान बजेदेखि सम्म मात्र खुल्ला रहने नगरपालिकाले जनाएको छ ।

त्यस्तै दिनहुँ धेरै कोरोना संक्रमित फेला पर्न थालेपछि झापाको बिर्तामोड नगरपालिका क्षेत्रमा पनि कडा लकडाउन गरिने भएको छ।

बिर्तामोड नगरपालिकामा आइतबार सम्पन्न बैठकले साउन १३ गते राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म कडा लकडाउन गर्ने निर्णय गरेको विर्तामोड नगरपालिकाले जनाएको छ ।

लकडाउनका बेला औषधि पसल बाहेक अन्य कुनै पनि व्यवसाय सञ्चालन गर्न नदिइने विर्तामोड नगर प्रमुख ध्रुवकुमार सिवाकोटीले जानकारी दिए ।

त्यसैगरी झापाको कमल गाउँपालिकामा पनि भोली साउन १३ गते राति १२ बजेदेखि २० गते राति १२ बजेसम्म पूर्ण लकडाउन गर्ने निर्णय भएको हो ।

मंगलबार बसेका राजनीतिक दलहरु सहितको बैठकले संक्रमण बढेसँगै गाउँपालिकामा लकडाउन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष मेनुका पोखरेल काफ्ले जानकारी दिइन् ।

उनका अनुसार लकडाउनको समयमा औषध बाहेकका सबै पसल बन्द हुने छन् भने तरकारी गाउँपालिकाभित्र होम डेलिभरी गर्न दिइने बताइन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया