मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहिबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बिहान सत्ता गठबन्धनको बैठक बस्ने भनिएको थियो तर देउवा र प्रचण्डबीचमात्र भेटवार्ता भएको हो । भेटवार्तापछि प्रधानमन्त्री देउवा सिंहदरवार प्रस्थान गरेका छन् ।

सत्तारुढ गठबन्धनको बैठक बुधवार बसेको थियो । उक्त बैठकले मन्त्रिपरिषद् विस्तार गर्ने र मन्त्रीहरूको टुङ्गो लगाउने जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको थियो ।

देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्री नियुक्त भएको दुई हप्ता बितिसक्दा पनि पूर्णरुपमा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । हाल सरकारमा काँग्रेस र माओवादी केन्द्रका दुई–दुई जना मन्त्री र एक जना राज्यमन्त्री मात्र छन् ।

जसपालाई पनि समेटेर मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्रीको तयारी छ । राष्ट्रिय जनमोर्चा र नेकपा एमालेको माधव नेपाल पक्षले भने सरकारमा सहभागी नहुने बताएका छन् ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया