मंग्सिर १, २०८३ मंगलबार November 17, 2026

निषेधाज्ञाबारे थप निर्णय लिन सीसीएमसी बैठक बस्दै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौंः कोभिड-१९ केन्द्रीय संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठक बस्ने भएको छ । पछिल्लो केही दिन यता कोरोना भाइरसको संक्रमण बढेसँगै आवश्यक निर्णय गर्न सीसीएमसीको बैठक बस्ने भएको हो ।

दिउँसो ४ बजे सिंहदरबारमा बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी हुने भएका छन् । सीसीएमसीको प्रमुख प्रधानमन्त्री हुने व्यवस्था छ ।

कोरोना संक्रमण बढेकाले निषेधाज्ञाबारे थप निर्णय हुन सक्ने स्रोतले जानकारी दियो । आजको बैठकले कोरोना खोप, भीड नियन्त्रण लगायतका विषयमा  छलफल हुने बताइएकाे छ ।

यसअघि बसेको सीसीएमसीको बैठकले साउन चौथो हप्तादेखि कक्षा १२ को परीक्षा भौतिक रुपमा सञ्चालन गर्न अनुमति दिएको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया