असार १०, २०८३ बुधबार June 24, 2026

ह्वाट्सएपमा सेन्डरले थाहा नपाउने गरी यसरी पढ्नुहोस् म्यासेज

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौंः आजभोलि मानिसहरू फोनमा भन्दा बढी म्यासेजमा कुरा गर्न ​​​​​​​ रुचाउँछन् । कहिले काहिँ त फोन र म्यासेज दुवैमा कुरा गर्न मन पनि लाग्दैन ।

यस्तो समयमा तपाईं सेन्डरले के म्यासेज पठायो होला भन्ने थाहा पाएर मात्र कुराकानी अगाडि बढाउन पनि सक्नुहुन्छ । जसले गर्दा सेन्डरले तपाईंले म्यासेज हेरेर पनि रिप्लाई गरेन भन्ने सोच्दैन ।

यसका लागि तपाईंले सजिलै ‘रिड रेसिपेन्ट्स’ भन्ने अप्सन बन्द गर्न सक्नुहुन्छ । तर, यो दुवैतिर लागू हुने भएका कारण तपाईंले म्यासेज पठाउँदा पनि अर्को व्यक्तिले तपाईंको म्यासेज हेरेको हो वा होइन भन्ने चाहिँ थाहा हुँदैन ।

यसका लागि तपाईंले आफ्नो ह्वाट्सएप ‘अन’ गर्नुहोस् । स्क्रिनको दाहिनेपट्टि भएको तीनवटा थोप्लामा क्लिक गर्नुहोस् र सेटिङमा जानुहोस् । त्यहाँ अकाउन्ट भन्ने अप्सनमा गएर प्राइभेसीमा क्लिक गर्नुहोस् । प्राइभेसी अप्सनभित्र तपाईंले ‘रिड रेसिपेन्टस्’ अप्सनलाई ‘अन’ गरिदिनुहोस् ।

यसपछि तपाईंले कसैको म्यासेज पढ्नुभएको छ भने पनि तपाईंलाई म्यासेज पठाउने मान्छेको च्याटबक्समा seen अथवा निलो मार्क देखाउँदैन ।

त्यस्तो अर्को उपाय भनेको सोही प्राइभेसी अप्सनभित्र last seen भन्ने अप्सन हुन्छ । त्यहाँ गएर तपाईंले आफ्नो पछिल्लो म्यासेज seen कतिबेला भएको थियो भनेर लुकाउन सक्नुहुन्छ ।

यसका लागि प्राइभेसीमा गएर last seen अप्सनमा गएपछि तपाईंले छान्न पाउनुहुन्छ सबैले देख्न मिल्ने, तपाईंको कन्ट्याक्टमा भएका मान्छेहरूले मात्र हेर्न मिल्ने वा कसैले पनि हेर्न नमिल्ने ।

कहिले काहिँ हामी म्यासेज हेर्ने बित्तिकै रिप्लाई गर्न पाउँदैनौँ । यसले गर्दा कहिले काहिँ पढिसकेको म्यासेज रिप्लाई गर्नका लागि छुटिरहेको हुन्छ । यसो नहुनको लागि हामी म्यासेज unread गर्न सक्छौं, ताकि केही समयपछि तपाईंले ह्वाट्सएप खोल्दा सो म्यासेज अनरिड भनेर देखा पर्नेछ ।

यसको लागि आफ्नो ह्वाट्सएपमा भएको म्यासेजमा लामो समयसम्म होल्ड गर्नुहोस् र दाहिनेपट्टि आउने तीनवटा थोप्लामा क्लिक गर्नुहोस् । त्यहाँ भएको ‘mark as unread’ अप्सनमा क्लिक गर्नुहोस् । तर यो अप्सनमा भने सेन्डरले तपाईंले म्यासेज हेरिसक्नु भएको छ भनेर चाहिँ थाहा पाउनेछन् । – टेकपाना

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
२०८३ असार १०, बुधबार
दिक्तेल रुपाकोटले बाँदर धपाउन छुट्यायो रु ४५ लाख बजेट
२०८३ असार १०, बुधबार
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
२०८३ असार १०, बुधबार
पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात
२०८३ असार १०, बुधबार
रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी
२०८३ असार १०, बुधबार
आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण
२०८३ असार १०, बुधबार
सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
२०८३ असार १०, बुधबार