असार २५, २०८२ बुधबार July 9, 2025

बेलायतमा कोरोनाबाट हुने मृत्यु फेरि बढ्यो

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः कोरोना भाइरसबाट हुने मृत्यु बेलायतमा फेरि बढेको बताइएको छ । यहाँ मंगलबार त्यसअघिको २४ घन्टामा कोरोना भाइरसको सङ्क्रमणबाट १३८ जनाको ज्यान गएको समाचारमा जनाइएको छ ।

यो मृत्यु गएको पाँच महिना पछिको नै सबैभन्दा बढी हो । यसअघि गएको मार्च १७ पछि यहाँ मंगलबार सबैभन्दा बढी नागरिकको यो भाइरसबाट ज्यान गएको थियो ।

यहाँ पछिल्लो समयमा कोरोनाबाट सम्बन्धित मृत्यु बढ्दै गएको छ । यहाँ अहिलेसम्म एक लाख २९ हजार ८८१ जनाको कोरोनाबाट मृत्यु भएको छ ।

पछिल्ला केही हप्तामा यहाँ फेरि नयाँ भेरिएन्टको कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको देखिएको छ । यसबाट सङ्क्रमणमा पनि वृद्धि भएको यहाँका स्वास्थ्य अधिकारीले बताएका छन् ।

त्यसैगरी यहाँ गएको २४ घन्टामा २१ हजार ६९१ जना सङ्क्रमित भएका छन् । यो संख्या पनि पछिल्लो समयमा देखिएको धेरै संख्या हो । यो समेत गरी बेलायतमा ५९ लाखभन्दा बढी मानिस यो भाइरसबाट सङ्क्रमित भएको समाचारमा जनाइएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार