भाद्र ९, २०८३ मंगलबार August 25, 2026

प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । प्रदेश ५ को नाम ‘लुम्बिनी’ राख्न प्रस्ताव भएको छ। स्थायी राजधानी र नाम सिफारिस गर्न गठित विशेष समितिले प्रदेशको नाम लुम्बिनी राख्न प्रस्ताव गरेको हो।

समितिका संयोजक दीपेन्द्रकुमार पुनले प्रदेशका १२ वटै जिल्लाबाट आएका सुझाव र विज्ञ समितिको सुझावका आधारमा राजधानी सिफारिस गरिएको बताएका छन।

समितिले प्रदेशको स्थायी राजधानीका लागि रुपन्देहीको सैनामैना, कपिलवस्तुको बुद्धभूमि वा दाङको भालुबाङ–लमही क्षेत्रलाई प्रस्ताव गरेको छ।

प्रदेश ५ को नाम लुम्बिनी नामाकरण गर्ने विषयमा एकमतले सिफारिस गरिएको समितिले जनाएको छ। हाल प्रदेश ५ को अस्थायी राजधानी रुपन्देहीको बुटवलमा सञ्चालन हुँदै आएको छ।

‘विशेष समितिले बनाएको प्रतिवेदन पुसको दोस्रो साता शुरु हुने प्रदेश सभाको बैठकमा पेस गरिनेछ,’ संयोजक पुनले भने।

राजधानी र नामाकरण संसदको दुई तिहाइ बहुमतले पारित गर्ने संवैधानिक व्यवस्था छ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
पशुमा रेबिज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
२०८३ भाद्र ९, मंगलबार
त्रिविको परीक्षा प्रणाली विद्यार्थीमैत्री बनाउन स्ववियुको १० बुँदे माग
२०८३ भाद्र ९, मंगलबार
गण्डकीमा सत्ता समीकरण फेरिँदै, एमालेका मन्त्रीले राजीनामा दिने
२०८३ भाद्र ९, मंगलबार
सुनचाँदीको मूल्यमा सामान्य घट्बढ
२०८३ भाद्र ९, मंगलबार
डिष्ट्रिक्ट ३२५ के, नेपालले असोज पहिलो साता लायन्स लिडरशिप क्याम्प आयोजना गर्ने
२०८३ भाद्र ९, मंगलबार
पोखरा–जोमसोम हवाई उडान पुनः सुरु
२०८३ भाद्र ९, मंगलबार
दुई दशकदेखि लोकसंगीतमा सानु सुर्खाली, तीजमा ल्याइन् ‘यो साल माइती आइन’ (भिडियो)
२०८३ भाद्र ९, मंगलबार