असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानमा तालिबानले विभिन्न स्थानमा कब्जा जमाउँदै

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पछिल्ला केही सातायता अफगानिस्तानका तालिबानले विभिन्न स्थानमा विजय हासिल गरेको भन्दै यहाँका सरकारी कार्यालय तथा विभिन्न प्रान्तकब्जा गरिरहेको बताएका छन् ।

उनीहरुका अनुसार हालसम्म अफगानिस्तानका तालिबानले छ प्रान्तीय राजधानी कब्जा जमाउन सफल भइसकेको विभिन्न समाचारमा जनाइएको छ ।

उनीहरुले कब्जा गरेकामध्ये कुन्दुज पनि एक हो । यो प्रान्त कब्जा गरेको घटनालाई अफगानिस्तानका तालिबाले निकै महत्वपूर्ण रहेको पनि भनेका छन् ।

अफगानिस्तानमा पछिल्लो समयमा बिग्रँदो अवस्थाबीच युद्धबिरामका लागि पनि केही अन्तरराष्ट्रिय अपिल भएकोमा त्यसलाई तालिबान बिद्रोहीले अस्वीकार गरेको छ ।

तालिबानले पछिल्लो समय अफगानिस्तानमा एकपछि अर्को मुख्य सहर कब्जा जमाइरहेकोले पनि यस अपिललाई अब आवश्यक नरहेको प्रतिक्रिया दिएका छन् ।

पछिल्ला दिनमा तालिबानले अफगानिस्तानमा हमलाका घटना बढाएका छन् । यसबीच अमेरिकी र अफगान विमानले विद्रोहीमाथि कयौँ हवाई हमला गरेका छन् । अफगान अधिकारीले यी हमलामा कैयौँ मानिसको ज्यान गएको बताएका छन् ।

तालिबानले अमेरिकालाई अफगानिस्तानमा थप कारबाही नगर्न चेतावनी दिएका छन् । उत्तरी अफगानिस्तानका तीन शहरमा मात्र केही घण्टाको अन्तरमा तालिबानले कब्जा जमाएको खबर बाहिर आएपछि अमेरिकी सेनाले हवाई हमला गरेको थियो ।

कुन्दुजको स्थिति निकै अशान्त रहेको बताइएको छ । सामाजिक सञ्जालमा तालिबान लडाकु कुन्दुज र सर–ए–पुलको सरकारी भवनमा प्रवेश गरेको बताइएको छ ।

यता अफगान सरकारी सुरक्षा बलले भने अझै पनि कुन्दुजमा तालिबानसँग सङ्घर्ष गरिरहेको पाइएको छ । तालिबानका अधिकारीले उनीहरूले बागलान प्रान्तको राजधानी पुल–ए–खुमरीलाई निशाना बनाउने तयारी गरेको जानकारी दिएका छन् । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार