असार २४, २०८२ मंगलबार July 8, 2025

अमेरिका गैरजिम्मेवार रुपमा बाहिरिँदा अफगानिस्तानमा समस्या भयो: पाकिस्तानी विदेशमन्त्री

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः पाकिस्तानका विदेशमन्त्रीले अफगानिस्तानबाट अमेरिका गैरजिम्मेवाररुपमा नस्किएको बताएका छन् ।

पाकिस्तानका विदेशमन्त्री साह मोहमद कुरेसीले अफगानिस्तानबाट अमेरिकाले आफ्ना सेना गैरजिम्मेवाररुपमा बाहिर निकालेकाले यो अवस्था आएको बताएका छन्।

अमेरिका र नेटो सेना अफगानिस्तानबाट निस्किएपछि त्यहाँको अवस्था अराजक बन्दै गएको उनले बताएका छन् ।

विदेशमन्त्री कुरेसीले भनेका छन् कि अमेरिकाले आफ्नो र नेटो सेनालाई बिना कुनै तयारी गैरजिम्मेवारीरुपमा निकालेकाले त्यहाँ तालिबान विद्रोहीहरुले अराजकता मच्चाउन थालेको बताएका छन् ।

उनले सोमबार पाकिस्तानको इस्लामावादमा आयोजना गरिएको पत्रकार सम्मेलनमा भन्नुभएको छ, अमेरिकाले आफ्नो र नेटो सेनालाई जिम्मेवार र व्यवस्थितरुपमा फिर्ता गरेको भए अहिलेको यो अराजक अवस्था आउने थिएन, तर अमेरिकाले यसतर्फ ध्यानै दिएन ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सैनिक फिर्ता भइरहेका समयमा देशैभरि हिंसा भएको र यसका कारण अराजकताको अवस्था आएको उनले बताएका छन्।

अमेरिकाले व्यवस्थितरुपमा यहाँबाट सेना फिर्ता गर्ने योजना बनाउनुपर्नेमा त्यसो नगरेको र जसका कारणले अहिले तालिबानले देशमा हिंसा गरिरहेको उनले बताए ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि विगतमा पाकिस्तानले पनि धेरै काम गरेको भन्दै उनले तर अहिले आएर यहाँको शान्ति प्रक्रिया धरापमा परेकोमा पाकिस्तानलाई चिन्ता लागेको उनले बतााए ।  रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार