असार २४, २०८२ मंगलबार July 8, 2025

तालिबान समूहलाई संयुक्त राष्ट्रसङ्घीय महासचिवको आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौः संयुक्त राष्टसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले अफगानिस्तानको तालिबान समूहलाई अफगानिस्तानका सरकारी कार्यालय कब्जा गर्ने कार्यलाई तत्कालै बन्द गर्न आग्रह गर्नुभएको छ ।

उहाँले आफ्ना सशस्त्र विद्रोही लडाकूलाई आदेश दिई हाल अफगानिस्तानमा जारी रहेको सशस्त्र विद्रोहको काम फिर्ता गर्न लगाउन तालिबान लडाकू समूहलाई भन्नुभएको छ । उहाँले भन्नुभएको छ, “हालका लागि यो कार्यलाई रोकेर शान्तिपूर्णरुपमा आफ्ना काम गर्न र आफ्ना कुरा राख्न हामी आग्रह गर्दछौँ ।” उहाँले अफगानिस्तानको तालिबान समूहलाई शान्तिपूर्णरुपमा आफ्ना माग राख्न आग्रह गर्दै वार्ताको टेबलमा बस्न पनि आग्रह गर्नुभएको छ ।

हाल तालिबानले अफगानिस्तानमा एकपछि अर्काे कार्यालय कब्जा गरिरहेको बताएका छन् । हाल अमेरिकाको नेतृत्वमा रहेको नेटो सैनिक र अमेरिकी सैनिक अफगानिस्तानबाट फर्कि सकेको छ । विदेशी सैनिक फर्किएलगतै तालिबान लडाकूले अफगानिस्तान कब्जा गर्नेगरी कार्यक्रम अघि सारेका छन् र उनीहरु एकपछि अर्काे गरेर अघि बढ्दैछन् । जसका कारण अफगानिस्तानमा हिंसा भइरहेको छ । तालिबानले शहर कब्जा गर्न सशस्त्र विद्रोह गरिरहेका छन् भने अफगानिस्ताको सेनाले तालिबानका विरुद्ध कारबाही पनि जारी राखेको छ ।

जसका कारण पछिल्ला दुई हप्ता यतामात्र अफगानिस्तानबाट दुई लाखभन्दा बढी व्यक्ति घरबास छोडेर भागेका छन् भने कैयौँ सर्वसाधारण नागरिक सरकारी सेना र तालिबानी लडाकूको भिडन्तमा परेर मारिएका पनि छन् । महासचिव गुटर्रेसले बलपूर्वक गरिएका कुनै पनि कार्यको सट्टामा शान्तिपूर्णरुपमा वार्ताको टेबलमा बसेर सबै कुरा गर्न आग्रह गर्नुभएको हो । उहाँले वार्ताका लागि तालिबान लडाकूको समूहलाई पनि शान्तिपूर्ण वार्ताको टेबलमा बस्न आग्रह गर्नुभएको छ ।रासस

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार