असार २४, २०८२ मंगलबार July 8, 2025

भेनेजुएला सरकार र विपक्षीबीच मेक्सिकोमा वार्ता शुरु

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः भेनेजुएलाको सरकार पक्षका प्रतिनिधि र विपक्षीका प्रतिनिधिबीच मेक्सिकोमा शान्ति वार्ता शुरु भएको छ । भेनेजुएलामा विगत लामो समयदेखि विपक्षीको हिंसात्मक प्रदर्शन तथा व्यापक मात्रामा विरोध जारी रहेकाले समाधान गर्न वार्ता शुरु भएको हो ।

सरकारका विरुद्धमा जारी रहेको सो विरोधका कारण यहाँको आर्थिक तथा सामाजिक अवस्था नै तहसनहस भएको बताइएको छ । त्यसैले यहाँको राजनीतिक तथा आर्थिक सङ्कटको अवस्थाको अन्त्यका लागि सो वार्ता शुरु भएको अधिकारीले जानकारी दिएका छन् । सो वार्तामा पछिल्लो समयमा सरकारका विरुद्धको सङ्घर्षका विषयमा सहमति खोज्ने बारेमा कुराकानी हुने बताइएको छ ।

यसका लागि यहाँ आमनिर्वाचनका विषयमा पनि सहमतिको प्रयास हुने बताइएको छ । यसअघि सन् २०१८ मा पनि यहाँको सरकार र विपक्षीबीच डोमिनिक रिपब्लिकमा वार्ता भएको थियो । त्यस वार्ताका क्रममा भने कुनै सहमति हुनसकेको थिएन । खासगरी भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरो र यहाँका विपक्षी दलका नेता जुआन गुएइदोबीच सहमति हुन नसकेको बताइएको थियो ।

सो वार्ताका क्रममा भेनेजुएलाको नाकाबन्दीको विषयमा पनि छलफल हुने पनि बताइएको छ । रासस-सिन्ह्वा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार