बैसाख १९, २०८३ शनिबार May 2, 2026

अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडे

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानका राष्ट्रपति असरफ घानी देश छाडेर भागेका छन् । आजै तालिवानीहरु राजधानी काबुल प्रवेश गरेपछि राष्ट्रपति घानी आफ्नो कोर टिमसहित शरण लिन ताजिकिस्तान पुगेको बताएका छन्।

रोयटर्सका अनुसार गृह मन्त्रालयका एक अधिकारीले पनि राष्ट्रपति र उपराष्ट्रपति अमरुल्लाह सालेह देश छाडेर भागेको पुष्टि गरेका छन् ।

यता, राष्ट्रपति कार्यालयले भने सुरक्षा कारणले घानीको अवस्थाबारे केही भन्न नसकिने बताएको छ। आइतबार बिहान घानीले प्रथम महिलासँगै राष्ट्रपति भवनको बगैँचामा समय बिताएको बताइएको छ।

उनले तालिबानसँग सहमति हुन नसके देश छाडेर अर्को मुलुकमा शरण लिन जाने अनुमान गरिँदै आएको थियो।

दिउँसो कार्यवाहक रक्षामन्त्री बिस्मिल्लाह मोहम्मदीले उहाँले संकट समाधानको अधिकार राजनीतिक नेताहरुलाई सुम्पुनु भएको बताउनु भएको थियो,’ समाचारमा लेखिएको छ।

यसैबीच, एक तालिबान अधिकारीले रोयटर्ससँग कुरा गर्दै घानीले देश छोडेकोबारे अनुसन्धान गरिरहेको बताएका छन्।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया