असार २५, २०८२ बुधबार July 9, 2025

जापानले पाँच क्षेत्रमा कोभिड-१९ को फैलावट रोक्न लगाएको सङ्कटकाल जारी राख्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः जापानी सरकारले टोकियो सहरसहितका पाँच प्रशासनिक केन्द्र (प्रिफेक्चर) मा कोभिड–१९ नियन्त्रणका लागि जारी सङ्कटकाललाई लम्ब्याउन निर्णय गरेको जापानको राष्ट्रिय पत्रिका असाहीले जापानी अधिकारीलाई उद्धृत गर्दै जानकारी गराएको छ । जापानले मङ्गलबारदेखि थप तीन प्रिफेक्चरमा महामारी नियन्त्रणका लागि भन्दै सङकटकाल घोषणा गरेको हो ।

यद्यपि यस निर्णयलाई मंगलबार विज्ञपरिषद्सँगको परामर्शपछि सरकारी कोरोनाभाइरस प्रतिरोधका लागि गठित निकायको बैठकमार्फत् औपचारिकता दिइने बताइएको छ ।

कोभिड–१९ सङ्क्रमणका घटनामा हालै देखिएको वृद्धि रोक्नको लागि सरकारले मङ्गलबारदेखि टोकियो, ओकिनावा, साइतामा, चिबा, कानागावा, ओसाकाका प्रिफेक्चरमा सेप्टेम्बर १५ सम्मका लागि सङ्कटकाल अवधि लम्ब्याउने बताएको असाहीले आफ्नो समाचारमा उल्लेख गरेको छ ।

यसअघिको निर्णय अनुसार यी क्षेत्रमा अगस्ट ३१ रातिदेखि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्था समाप्त हुने बताइएको थियो । जापानमा पहिलेभन्दा थप तीन प्रिफेक्चरहरू, क्योटो, ह्योगो र फुकुओकामा आपतकालीन अवस्था घोषणा गरिएको छ । यी क्षेत्रमा हाल हल्का प्रतिबन्धहरू मात्र लागू भएका थिए ।

टोकियोमा दैनिक सङ्क्रमितको सङ्ख्या झन्डै पाँच हजारको हाराहारीमा पुगेपछि सरकारले टोकियोसहितका प्रभावित क्षेत्रमा सङ्क्रमण नियन्त्रणका लागि स्वास्थ्यजन्य सङ्कटकालिन अवस्थाको घोषणा गर्न लागेको हो ।

गत हप्ता देशभर कोभिड–१९ बाट सङ्क्रमण हुनेको सङ्ख्या पहिलो पटक २० हजारभन्दा बढी पुगेको थियो । विशेषज्ञहरूले सङ्क्रमण वृद्धिको अवस्था एकदमै चिन्ताजनक अवस्थातर्फ गएको सुझाब सरकारलाई दिएको बताइएको छ । ओकिनावामा गम्भीर लक्षणहरू भएकाहरूको लागि अस्पतालको व्यवस्था गरिएका निःशुल्क शैयाको अभाव देखिएको छ भने सोमबार पहिलो पटक गम्भीर अवस्थामा भएका बिरामीहरूको संख्या एक हजार ६०० भन्दा बढी पुगेको छ । एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
विपक्षी दलको विरोधका कारण प्रदेशसभा बैठक अवरुद्ध
२०८२ असार २५, बुधबार
उपराष्ट्रपति यादव र फ्रान्सेली राजदूतबिच शिष्टाचार भेट
२०८२ असार २५, बुधबार
‘पार्टी नेतृत्वको विषयमा छलफल गर्ने बेला भएको छैन’ – महासचिव पोखरेल
२०८२ असार २५, बुधबार
स्पेन भ्रमणलाई लिएर फैलिएको भ्रमप्रति परराष्ट्र मन्त्रालयको आपत्ति, भ्रामक समाचारमा विश्वास नगर्न आग्रह
२०८२ असार २५, बुधबार
राप्रपा अनुशासन आयोगमा कार्की, प्रवक्ता लावती पदमुक्त
२०८२ असार २५, बुधबार
पोखरा विश्वविद्यालयको सिनेटः एक अर्ब ५४ करोडको बजेट पारित
२०८२ असार २५, बुधबार
त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
२०८२ असार २५, बुधबार