असार २५, २०८२ बुधबार July 9, 2025

आफगानिस्तानका सरकारी अधिकारीहरुलाई आममाफी दिने तालिवानको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः तालिवानले अफगानिस्तान कब्जा गरेसँगै अफगानिस्तानका अधिकारीलाई आममाफी दिने घोषणा गरेको छ ।

तालिवानले मंगलबार उक्त घोषणा गरेको हो । तालिवानको भनाईलाई उदृत गर्दै सञ्चारमाध्यम तासले लेखेको छ,‘अफगानिस्तानमा सामान्य परिस्थिती बनाउन चाहने अफगानी सरकारी अधिकारीहरुलाई आममाफी दिने घोषणा गरेको छु ।’

१५ अगस्तमा अफगानिस्तानलाई तालिवानले आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । पश्चिमी मुलुकहरुले आफ्नो नागरिकालाई उद्वार गर्न सक्दो प्रयास गरिरहेको जनाइएको छ ।

तालिवानले काबुलस्थित रहेको काबुल विश्व विद्यालय र शिक्षा मन्त्रालय नियन्त्रणमा लिएपछि त्यहाँका महिलाहरुले पढ्ने र पढाउन अवसर समेत पाउने आश्वासन दिएका छन् ।एजेन्सी

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया