असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेद्धारा आफूलाई राष्ट्रपतिको घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अफगानिस्तानको अपदस्थ सरकारका उपराष्ट्रपति अमरुल्लाह सालेहले आफूलाई अफगानिस्तानको राष्ट्रपति घोषणा गरेका छन् । उनले आफू अब देशको संरक्षक राष्ट्रपति हुने बताएका हुन् । अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि उसको शासन सुरु हुन नपाउँदै सालेहको यस्तो घोषणा सार्वजनिक भएको हो ।

सालेहले भनेका छन्, ‘राष्ट्रपति असरफ गनी देशभन्दा बाहिर हुनुहुन्छ । त्यसैले संविधानअनुसार अब म राष्ट्रपति हुँ । म सबैसँग समर्थनको लागि अपिल गर्छु । तालिबानले राजधानी काबुलमा कब्जा गरेपछि राष्ट्रपति अशरफ गनी ३ दिन पहिले देश छोडेर भागेका थिए ।

राष्ट्रपति असरफ गनी देश छाडेर भागेपछि त्यतिबेला उपराष्ट्रपछि अमरुल्लाह सालेहले पनि राष्ट्रपतिको साथमै देश छाडेको अनुमान गरिएको थियो । तर, उपराष्ट्रपति सालेहले आफू अफगानिस्तानमै भएको बताएका छन् ।

उपराष्ट्रपछि सालेह अहिले अफगानिस्तानकै पंजशीरमा भएको र त्यहाँ तालिबानविरुद्धका रणनीति बनाइँदै गरेको बताइएको छ ।

तालिबानले आफ्नो शासनकालमा सरकार प्रमुख को हुने भन्ने निर्णय अहिलेसम्म पनि नगरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।- एजेन्सी । 

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार