बैसाख ७, २०८३ सोमबार April 20, 2026

राष्ट्रिय वाणिज्य बैंकको सहयोगमा बनेको रक्तसञ्चार केन्द्रको उद्घाटन

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संस्थागत समाजिक उत्तरदायित्वअन्तर्गत नेपाल प्रहरी अस्पताल, काठामाडौंमा निर्मित रक्तसञ्चार केन्द्रको बुधबार नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाल र बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरेका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ४० लाख सहयोगमा रक्त सञ्चार केन्द्र निर्माण भएबापतको चेक रकम बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीका प्रहरी महानिरिक्षक सर्वेन्द्र खनाललाई सो समारोह हस्तान्तरण गरेका हुन्।

उक्त समारोहमा प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालले मानवतासम्बन्धी पुनित कार्यमा राष्ट्रिय वाणिज्य बैंकले सहयोग गरेकोमा कृतज्ञता व्यक्त गरेका छन। बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले नेपाल प्रहरीलाई आधुनिक बैंकिङ्ग सेवा दिन बैंक सधैँ तत्पर रहेको र आवश्यक भएमा बैंकले नयां क्षेत्रमा सहयोग गर्ने बताएका छन।

वि.सं. २०४० सालबाट सुरु भएको नेपाल प्रहरी अस्पतालले प्रहरी कर्मचारीहरुलाई निःशुल्क सेवा, पूर्वप्रहरी तथा तिनका आश्रित परिवारहरुलाई अति न्यूनशुल्कमा सेवा उपलब्ध गराउदै आएको छ भने सुलभ मूल्यमा सर्वसाधारण नागरिकहरुलाई समेत २०७४ सालबाट सेवा दिइरहेको छ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक एवं नेपाल प्रहरी अस्पतालकी मेडिकल डाइरेक्टर डा.दुर्गा थापाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने प्रहरी नायब महानिरिक्षक एवं नायब मेडिकल डाइरेक्टर डा.मिनराज पाठकले धन्यवाद ज्ञापन गरेका छन।

कार्यकममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कबिराज अधिकारी, विभागीय प्रमुख सरोज बस्नेत, शाखा कार्यालय नक्सालका प्रबन्धक ईश्वरी न्यौपाने, त्रिभुवन विश्वविद्यालय रक्त संचार केन्द्रका नुमामाया गुरुङ्ग, प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राई, उच्च प्रहरी अधिकृतहरु, प्रहरी कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया