कार्तिक १६, २०८३ सोमबार November 2, 2026

पहिलो पटक यौन सम्पर्क गर्दै हुनुहुन्छ ? यी कुराहरुमा ध्यान दिनुहोस् ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस: अ अ अ

काठमाण्डौः पहिलो पटकको यौन सम्पर्कका बारेमा मानिसहरुमा धेरै प्रकारको कौतुहल र जिज्ञासा उत्पन्न हुने गर्दछ । जिज्ञासासँगै मानिसहरु यसको बारेमा थाहा पाउन पनि आतुर हुने गर्दछन् र मानिसहरुले धेरै प्रकारको गलत जानकारी पनि दिने गर्दछन् । यस्तै कौतुहललाई समाप्त गर्नका लागि पहिलो पटकको सेक्सको बारेमा हामी केहि जान्कारी दिन्छौँ ।

– यदि तपाईं आफ्नो पहिलो सेक्स धेरै राम्रो हुने सोच बनाउँदै हुनुहुन्छ भने तपाईं गलत सोच्दै हुनुहुन्छ । याद राख्नुहोस् यो तपाईंको लागि नयाँ अनुभव हो र यसका लागि तपाईं धैर्यवान् हुन जरुरी छ । तपाईंको पहिलो सेक्स अनुभव राम्रो नभएपनि यसमा डराउनु र आत्तिनुपर्ने छैैन किनभने यो समयसँगै राम्रो हुँदै जान्छ ।

– यदि पहिलोपटक सेक्स गर्दै हुनुहुन्छ भने चरमोत्कर्षको आशा नराख्नुहोस् । यतिबेला एक अर्काको शारिरिक आवश्यकताको बारेमा जानकारी दिनुहोस् र लिनुहोस ।

– महिलाहरुले पहिलो पटक सेक्स गर्दा आफ्नो पार्टनरलाई खुसी राख्नका लागि झुटो चरमोत्कर्षको कुरा गर्नुपर्दैन । यो तपाईंको पहिलो पटकको सेक्स भएका कारण तपाईंको पार्टरले तपाईंलाई बुझ्नुहुनेछ ।

– धेरैजसो मानिसहरु पहिलो पटकको सेक्स गर्नुपूर्व फोहोरी गफ गर्नुपर्छ भन्ने सोच्छन् तर यो सत्य होइन् । पहिलो पटकको लभ मेकिङको दौरान बिस्तारामा आफ्नो पार्टनरसँग तपाईं के चाहनुहुन्छ भन्ने बारेमा कुरा गर्दा पनि हुन्छ ।

– महिलाहरु माया दर्साउन लजाउने गर्दछन् । तर पहिलो पटक सेक्स गर्दा तपाईं पहल गर्नुहोस र उनलाई पर्खेर नबस्नुहोस् । यदि एक अर्काको मुख ताकेर बस्नुभयो भने पुरा रात नै बित्छ ।

– पहिलो पटकको सेक्स पीडादायक हुन्छः पहिलो पटकको सेक्स निकै पीडादायक हुने धेरै मानिसहरुको भनाई हुन्छ तर यदि ठिक तरिकाले फोरप्ले गरियो र तपाईं यसको लागि तयार हुनुहुन्छ भने पहिलो पटकको सेक्स निकै सजिलो र कम पीडादायी हुन्छ ।

– विश्वास गर्नुहोस् सेक्समा आकारको कुनै पनि भूमिका हुँदैन । महिलाहरुमा धेरैजसो यो भ्रम हुन्छ कि उनको पुरुषको आकार जति ठूलो हुन्छ त्यति नै उनीहरुहरु आनन्दित हुने सोच्दछन् तर यो सोचाई गलत हो । चरमोत्कर्षमा आकारको कुनै पनि महत्व हुँदैन ।

–यदि तपाईं पोर्न स्टारजस्तो सेक्स गर्ने सोच्दैहुनुहुन्छ भने यो तपाईंको सोचाई गलत साबित हुनेछ । पोर्न फिल्ममा देखाइने धेरैजसो झुटो हुने भएकाले यसको पछि नलाग्नुहोस् ।

– पहिलो पटकको सेक्स धेरै लामोसम्म हुने कुरा गलत हो । त्यसकारण पहिलो पटकको सेक्समा कुनै उद्देश्य नराखी मात्र आनन्द लिने तरिकाले गर्नुहोला । एजेन्सीको सहयोगमा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
परराष्ट्रमन्त्री खनाल र बेलायती राजदूत फेनबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सुनकोशी-मरिण आयोजनाको ठेक्का प्रक्रिया तत्काल अघि बढाउन प्रधानमन्त्री कार्यालयको निर्देशन
२०८३ कार्तिक १६, सोमबार
त्रिवि पुनरावेदन आयोगको अध्यक्षमा डा. बुर्लाकोटी नियुक्त
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रियसभा अध्यक्ष र स्वीस नेसनल काउन्सिलका अध्यक्षबीच शिष्टाचार भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
सभामुख र स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्षबीच भेटवार्ता
२०८३ कार्तिक १६, सोमबार
Minister Dr Timilsina holds extensive discussion on Integrated Postal Office issues
२०८३ कार्तिक १६, सोमबार
राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट
२०८३ कार्तिक १६, सोमबार