काठमाडौं । आन्तरिक विवाद समाधान नभएपछि नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बुधबार दिउँसो १ बजे बैठकको समय निर्धारण गरिएको थियो ।
सहमतिको प्रयासमा शेरबहादुर देउवा र रामचन्द्र पौडेल पक्षका नेताहरुबीच छलफल भएको थियो । साथै दुवै पक्षले आ-आफ्नो समूहमा पनि आन्तरिक छलफल गरेका थिए ।
कृष्णप्रसाद सिटौलाले पनि सोमबार पार्टी सभापति शेरबहादुर देउवासँग तथा मंगलबार वरिष्ठ नेता पौडेल र पौडेल समूहको वार्ता टोलीसँग छुट्टाछुट्टै छलफल गरेका थिए ।
युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
प्रतिक्रिया