असार २४, २०८२ मंगलबार July 8, 2025

अफगानिस्तान मुद्दामा अमेरिकी राष्ट्रपतिद्वारा पुनःअमेरिकाको बचाउ

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाण्डौंः अमेरिकी राष्ट्रपति जो बाइडेनले अफगानिस्तानको विषयमा अमेरिकाले गरेको कामको पुनः बचाउ गरेका छन् ।

उनले भनेका छन्, अमेरिकाले अफगानिस्तानाट सेना फिर्ता गरेर ठिक गरेको छ, अमेरिकाले जे जसरी त्यहाँबाट आफ्नो सेना फिर्ता गर्यो, त्यो सही छ ।

उनले हाल अफगानिस्तानमा अमेरिकाले गरेको कामको विषयलाई लिएर अमेरिकामाथि विश्वसनीयताको प्रश्न उठ्ने कुरै नआउने बताएका छन् ।

अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता भएको विषयमा उनले पहिले पनि आफ्नो निर्णयको बचाउ गर्दै आएका छन् । उनले यस अघि पनि पटक पटक आफ्नो निर्णयमा आफू कटिबद्ध रहेको बताउँदै आएका छन्।

हाल पनि युद्धग्रस्त रहेको अफगानिस्तानमा तालिबानको नियन्त्रणपछि अमेरिकाले आलोचना खेपिरहेको छ । अमेरिकाले समयमै तथा अवैज्ञानिकरुपमा आफ्नो सेना फिर्ता गर्दा अफगानिस्तानलाई तालिबानले कब्जा गरेका भनिएको छ ।

राष्ट्रपति बाइडेनले भने यो निर्णय सही समयमा गरिएको उचित निर्णय रहेको बताउँदै आएका छन् ।

अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले देश छाडेर गएपछि १५ अगस्तमा नै तालिबानीले सत्तामा पुगेका छन् । आइतवार तालिबानले लडाइँ जितेको घोषणा पनि गरेका थिए ।

अफगानिस्तानका तालिबान सशस्त्र विद्रोही पुनःसत्तामा आएसँगै अफगानिस्तानमा करिब २० वर्ष लामो अमेरिकी नेतृत्वको गठबन्धनको उपस्थितिको पनि औपचारिकरुपमै अन्त्य भएको छ ।

अफगानिस्तानको सेनाले आफ्नो देश कब्जा हुन नदिन देशको लागि लड्न नसकेको यसअघि पनि बाइडेनले बताउनुभएको थियो । अफगान सेनाले आफ्नो देशको लागि आफैँ लड्न नसकेकाले यस्तो अवस्था आएको उनले बताएका थिए ।

अफगानिस्तानमा यो घटना भएपछि अमेरिकाप्रति प्रश्न उठेको बताइएको छ । विश्वका अमेरिकालाई साथ दिएका कतिपय देशले अमेरिकी यस कार्यप्रति प्रश्न उठाउँदै आगामी दिनमा विश्वासको संकट हुन सक्ने बताएका थिए ।

अमेरिकी राष्ट्रपति बाइडेनले भने यो कसैले प्रश्न गर्ने विषय नभएको र अफगान मुद्दाका कारण आगामी दिनमा विश्वका आफ्ना गठनबन्धन सदस्यसँग अविश्वासको प्रश्न नै नआउने भनेका छन्। रासस-सिन्हा

युगखबर अनलाइनमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

ताजा अपडेट
एसइइमा उत्कृष्ट विद्यार्थीलाई बाल्मिकीले गर्‍यो सम्मान
२०८२ असार २४, मंगलबार
विश्व ब्यापार संगठनका प्रतिनिधिसँग उधोग मन्त्री भण्डारीको शिष्टाचार भेट
२०८२ असार २४, मंगलबार
जुम्लामा चट्याङबाट १९७ भेडा मरे
२०८२ असार २४, मंगलबार
आन्दोलनरत चिकित्सक र सरकारबीच तीन बुँदे सहमति : आन्दोलनका सबै कार्यक्रम फिर्ता
२०८२ असार २४, मंगलबार
युरिक एसिडका बिरामीले के खानु हुन्छ, के खानु हुदैँन ? जान्नुहोस्
२०८२ असार २४, मंगलबार
उद्योगका मुद्दा राष्ट्रका मुद्दा हुन्: मन्त्री भण्डारी
२०८२ असार २४, मंगलबार
पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ प्रदान गरिने
२०८२ असार २४, मंगलबार